अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया हिँडेका १६ नेपालीको उद्धार
Harek Samachar
7:10 AM
0
असार १३ काठमाडौं–अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ। उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो ।
फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बाँकीलाई फर्काउने तयारी भइरहेको छ ।
नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मलेसिया र इन्डोनेसिया हुँदै डुंगाबाट माइक्रोनेसिया पुर्याएका थिए । उनीहरू कागजातविहीन अवस्थामा थिए । आजको नयाँ पत्रिका दैनिक मा खबर छ ।

No comments