परफ्युम शरीरमा नपारेकै ठीक
Harek Samachar
7:25 AM
0
गर्मी मौसममा पफ्र्युम प्रयोग अनिवार्यजस्तै छ । सामान्य घुमघामदेखि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागीहरूको शरीरबाट विभिन्न फ्लेबरमा बास्ना आइरहेको हुन्छ । कतिपयले आफ्नो शरीरको पसिनाबाट आउने गन्ध हटाउन मात्र पफ्र्युम छर्ने गर्छन् । तर, धेरैलाई थाहा हुादैन, पफ्र्युमको सही प्रयोग कहा र कसरी गर्ने ? सही तरिका थाहा नहुादा धेरैले शरीरको जहाा पायो त्यहीा पफ्र्युम छरेर हिाड्ने गर्छन् । खासमा शरीरको पसिना आउने ठाउामा गन्धलाई मार्न पफ्र्युम लगाउनुपर्छ । शरीरको खासखास ठाउामा मात्र पफ्र्युम लगाउादा त्यसको सही उपयोग हुन्छ ।
पफ्र्युम कहाँ प्रयोग गर्ने ?
पफ्र्युम प्रयोग गर्दा कपडामा मात्र छर्ने हो, शरीरमा सकभर पार्नु हुँदैन । शरीरमा छर्न बडी स्प्रे प्रयोग गरिन्छ । पफ्र्युम प्रयोग गर्दा ध्यान दिएर कपडामा मात्र लगाउनुपर्छ । कपडा धेरै मैलो हुने घाँटीको कलरमा, हातको बाहुलामा, काखीमुनि पफ्र्युम प्रयोग गर्नु राम्रो हुन्छ । अन्य स्थानमा आवश्यकताअनुसार जहाँ धेरै पसिना आउँछ, सोही ठाउँमा लगाउँदा उत्तम हुन्छ ।
बच्चाले प्रयोग नगर्दा राम्रो
पफ्र्युम अधिकांश टिनएजले प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वलाई आकर्षक देखाउन यसले महत्त्वपूर्ण भूमिका खेल्छ । तर, साना बच्चाबच्चीलाई त्यस्तो देखाउनुपर्ने हुँदैन । यसको गन्धले साना बच्चाबच्चीलाई असर गर्नसक्छ । धेरै ब्रान्डका पफ्र्युममा केमिकलहरू प्रयोग हुने भएकाले साना बच्चाबच्चीलाई असर गर्नसक्छ ।
गहनामा नपार्दा बेस
पफ्र्युम प्रयोग गर्दा आफूले लगाउने सुनचाँदीलगायत धातुका गहनामा नपार्दा बेस हुन्छ । यसमा प्रयोग गरिएको केमिकलले गहनाको कलर खुइल्याउन सक्छ । जसले गर्दा गहनाको वास्तविक सुन्दरता हराउँछ । पफ्र्युम छनोट गर्दा त्यसमा प्रयोग भएको केमिकलप्रति ध्यान दिँदा राम्रो हुन्छ ।
ब्रान्डेड रोज्नु राम्रो
सस्तोमा पाइयो भन्दैमा जहाँ पायो त्यहीँबाट यस्तो सामान किनेर प्रयोग गर्नु हुँदैन । जथाभावी प्रयोग गर्दा लुगासँगै छालामा पनि असर पर्नसक्छ । कतिपयको शरीरमा यसले एलर्जीसमेत हुनसक्छ । पफ्र्युम धेरैजसो विभिन्न फूलका फ्लेबर प्रयोग गरी उत्पादन हुन्छ । आफूलाई मनपर्ने बास्नाको सेन्ट छनोट गर्दा राम्रो हुन्छ । । पफ्र्युम जेन्सले लगाउने अलि कडा र लेडिजले प्रयोग गर्ने सफ्ट खालको हुन्छ।

No comments