Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:26 AM 0

पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य दिनदहाडै जो कोहीले देख्न सक्छन् तर ठुलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन ।
Supari-Taskariतर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीको मिलेमतोमै भन्सार परिसर भित्रैबाट सुपारी तस्करी हुने गरेको तथ्य प्रहरीले सहतमा ल्याएको छ ।
प्रहरीले कुचो बोकेको ट्रकमा ठुलो परिमाणमा सुख्खा सुपारी लुकाएर भन्सार मार्फत भारत निकासी गर्न तयारी गरेको अवस्था मेची भन्सार कार्यालय परिषरबाट फेला पारेपछि भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।
प्रहरीले भन्सार परिषरबाट पी बी ९८०९ नम्बरको ट्रकमा करिब ५५ लाख मुल्यको ६० केजी दरका २ सय ७४ बोरा सुपारी फेला पारेको छ ।
सुपारीको भारत निर्यात प्रतिबन्धित भएका बेला तस्करहरुले गाडीको माथिल्लो भाग कुचोले छोपेर त्यसभन्दा तल सबै सुपारीका बोरा राखेको अवस्थामा ट्रक फेला परेको हो । ‘भन्सार भित्रको चेकजाँच हामी गर्दैनथ्यौं’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘आज विशेष सूचना आएपछि चेकजाँच गर्दा कुचोबोकेको ट्रकमा सुपारी भेट्यौं ।’
दशवटा मध्ये नौ वटा गाडीहरु अझैं खोलिएका छैनन् । बुधबार बिहानै भन्सार प्रवेश गरेका ती ट्रक राति मात्रै भारत निकासी हुने तयारीमा थिए । भन्सारले राति मात्रै प्रज्ञापनपत्र दिएर ती ट्रकलाई वैधानिकरुपमा भारत जाने अनुमति दिने अवस्था थियो । प्रहरीले सुराकीका आधारमा भन्सार परिसरमा प्रवेश गरेर चेकजाँच गर्न लागेपछि भन्सार अधिकृतलगायतका कर्मचारीले चेकजाँच गर्न आनाकानी गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मंगलबार राति धुलाबारीस्थित प्रदीप चौधरीका नाममा रहेको चौधरी कुचो उद्योगको गोदामबाट सो गाडीमा सुपारी लोड गरिएको हो । उक्त कुचो उद्योगले झापाका सुपारी व्यापारी श्याम पिन्टुलाई गोदाम घर भाडामा दिएर त्यहीँ मार्फत तस्करी धन्दा गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पूर्वी पहाडी जिल्लाहरु बिशेष गरेर इलाममा उत्पादन हुने कुचो लगायतका कृषिजन्य वस्तुलाई सरकारले विशेष प्राथमिकतामा राखेर सहज निकासी गर्ने प्रावधान छ । त्यही प्रावधानलाई टेकेर भन्सारका कर्मचारीले त्यस्ता वस्तु लोड गरिएको सवारी चेकजाँच नै नगरी तस्करलाई साथ दिने गरेको यो घटनाले पुष्टि गरेको छ ।
तर, मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले कुचो लगायतका कृषिजन्य उत्पादनमा चेकजाँच नगर्ने गरिएको र यस्तो धन्दा यसअघि पनि हुन्थ्यो अथवा यो पहिलो पटक हो भन्ने बारे आफुलाई थाहा नभएको बताए ।
पूर्वको झापा, मोरङ्ग र सुनसरी लगायतका जिल्लामा मात्र उत्पादन हुने सुपारीलाई बिराटनगरको रानी भन्सारबाट मात्रै निकासी गर्न पाउने सरकारी प्रावधान छ । तर, झापाका केही तस्करले भने तेस्रो मुलुकबाट सुपारी आयात गरेर पूर्वको काँकडभिट्टा नाकाबाट भारत तस्करी गर्ने गरेका छन् । सुपारी तस्करीको सञ्जाल बलियो भनिए पनि यसरी ठूलो परिमाण र तस्करीको तरिका सार्वजनिक भएपछि प्रहरीलाई केही राहत मिलेको छ ।                    
सुपारी तस्करीकाे भिडियो हेर्नुस्
                                                

«
Next
»
Previous

No comments

Leave a Reply