Breaking News # टर्कीको राजधानी स्तानबुलस्थित मुख्य विमानस्थलमा भीषण आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३६ जनाको मृत्यु १४७ घाइते भएका छन् ।
Harek Samachar
11:54 PM
0
टर्कीको अतातुर्क अन्तराष्ट्रिय विमानस्थलमा सांघातिक हमला भएको छ। उक्त हमलामा करीब ३६ जना मारिएको बीबीसीले जनाएको छ। बन्दुक र बमले गरिएको सांघातिक हमलामा १४७ बढी घाइते भएका छन्।
तीन जना आक्रमणकारीहरुले विमानस्थलको टर्मनल नजिकै विस्फोट गराएका थिए। उनीहरुले सुरक्षार्थ खटिएका प्रहरीमाथि पनि आक्रमण गरेका थिए। आक्रमण भएपछि अतातुर्क अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ। आक्रमणको त्यहाका प्रधानमन्त्री बिनाली यिलदिरिमले यो घटनामा तथाकथित इस्लामिक स्टेटको हात रहेको बताएका छन्। आक्रमणको जिम्मा कसैले नलिए पनि आइएस वा कुर्दिस भूमिगत समूहमाथि आशंका गरिएको छ। आक्रमणमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुर्याइएको छ।

No comments