Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:47 AM 0

त्रिशूली, नुवाकोटः भीषण वर्षात्सँगै सोमबार राति रसुवागढीमा पहिरोले २५ वटा कन्टेनरमा क्षति गरेको छ ।एकैपटक यति धेरै गाडीमा क्षति पुगेपछि रसुवा पशासनले सर्तकर्ता अपनाउन सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ । चीनको केरुङतर्फ सामान लिनका लागि नेपाल–चीन सिमाना भोटेकोशी नदीमाथि निर्मित मितेरी पुल छेउमा सोमवार वेलुका नै लाइन वसेका २५ थान कन्टेनरमा राति माथिबाट आएको ढुंगे पहिरोले पुरेर लाखौंको क्षति पुर्याएको स्थलगत उद्धारमा पुगेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले वताए । 
१५ दशमलव ६ किलोमिटर दुरीको स्याफ्रुबेँसी–रसुवागढी मार्गको अन्तिम विन्दु टिमुरे गाविस–१ रसुवागढीमा २५ थान कन्टेनरलाई माथिबाट खसेको पहिरो तथा ढुंगाले क्षति पुर्याउँदा करोडौं रुपैया बराबरको नोक्सामन हुन पुगेको प्रहरीले जनाएको छ । वर्षात्को समयमा वाढीपहिरोको खतरा बढेका कारण सडकमार्गमा यात्रा गर्दा सजकता अपनाउन आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।
सडकको अवरोध तथा पहिरो र ढुंगा पन्छाउन स्काभेटर मगाइएको प्रहरीले जनाएको छ । माथिबाट खसेको पहिरो र ढुंगाले लागेर ना५ख ६६६४, ना६ख ५३, ना६ख ७५०, ना३ख ५७१८, ना६ख ४५०८, ना३ख १३२, ना३ख ३९२, वा१ख ६४२४, वा२ख ३४६६, वा३ख २६८३, वा६ख ३५९५, वा६ख ३५९४ र ना३ख २३० नम्वरका कन्टेनरमा क्षति पुगेको घटनापछि उद्धारमा संलग्न प्रहरी निरीक्षक मुकुन्द खरेलले वताए ।
यसका साथै, घटनामा ना२ख ४८५७, वा२ख ३४४९, ना६ख २५७२, वा२ख ३४२९, ना६ख ४५७५, ना६ख ४९०४, ना२ख ४१६४, ना२ख ४८५७, ना५ख ७९२५, ना३ख ६७५, वा२ख ८०४० र बा३ख ५७६७ नम्वरको कन्टेनरमा क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ । कतिपय कन्टेनरको ६० प्रतिशत, कतिपयको २५ प्रतिशत भुभागमा क्षति पुगेको छ ।घटनालगत्तै सदरमुकाम धुन्चेवाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति तीन बजेदेखि खस्न थालेको ढुंगा विहान ११ वजेसम्म खसेको थियो ।
कन्टेनरलाई रसुवागढीमा लाइन राखेर चालक तथा सहचालक दुई किलोमिटर दक्षिणको टिमुरे वजारमा आएर बसेका कारण मानवीय क्षति हुन नपाएको सशस्त्र प्रहरी बल रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए । गएरातिको अविरल वर्षात्सँग आएको पानीले जिल्लाको पासाङल्हामु मार्गका दुई स्थानमा पहिरो गएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ ।
मंगलवार बेलुकीसम्ममा दुईवटा स्काभेटरलगाएर मुलखर्कको पहिरो पन्छाइएको छ भने टिमुरेमा आवतजावत बन्द भएको छ । नेपालको उत्तरी नाका अवरुद्ध हुँदा दर्जनौ मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले बताए । अवरुद्ध सडक खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग डोजर मगाएर बाटो पन्छाउने समन्वय भइरहेको प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी बताए ।

«
Next
»
Previous

No comments

Leave a Reply