सिन्धुपाल्चोकमा भूकम्प पिडितलाई नया बस्ती निर्माणकार्य सुरु,डोकोमा ढुंगा बोक्दै धुर्मुस र सुन्तली [ भिडियो सहित ]
हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम सुरु गरेका छन् । भूकम्पगएको एक वर्ष पुगेकै दिन शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरुले आजबाट सुरु गरेका हुन् ।वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँ सम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथकाम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्यकलाकार सिताराम कट्टेलले बताएका छन् । यस अघि काभ्रेमानिर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफलभएकाथिए । सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकिकृत बस्ती बन्ने उनको भनाई छ । पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।

No comments