Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 4:39 PM 0



मिडफिल्डर राजु तामाङ वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार तामाङलाई वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै नगद २५ लाख दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई चेक हस्तान्तरण गरे ।
एन्फाले यसअघि वर्षको सर्वोत्कृत खेलाडीलाई अपार्टमेन्ट दिने गरेको थियो । राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, उनीहरुले अझै पाएका छैनन् ।
त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार दिइएको थियो । एन्फाले यो पटक भने नगद नै दिएको छ । कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply