नेपाली फुटवल टिमका चर्चित स्टाइकर विमल घर्तीकी बहिनीको पोष्टमोर्टम रिपोर्ट आयो
Harek Samachar
1:47 AM
0
नेपाली फुटवल टिमका चर्चित स्टाइकर विमल घर्तीकी बहिनी मनीषा घर्तीको मृत्युबारे पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई दिइएको छ ।अघिल्लो साता नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति मृत अवस्थामा फेला परेकी मनीषाको टिचिङ अस्पतालले एक साता पछि मंगलबार पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई बुझाएको हो ।रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । यद्यपी यो मृत्युलाईआत्महत्या या हत्या भनेर अझै खुट्टाइएको छैन । प्रहरीले मनीषाको मृत्यु संकास्पद भन्दै नवलपरासीबाट काठमाडौं ल्याएर पोष्टमोर्टमका लागि टिचिङ अस्पताल पुर्याएको थियो ।मनीषाको मृत्यु झुण्डिएर भएको भनिएपनि कसैले झुण्ड्याएको वा आफै झुण्डिएको भन्ने खुल्न बाँकी छ ।
मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन रुद्रनारायण (आशिष) चौधरीको सोमबार गर्ने भनिएको पोलिग्राफ परिक्षण टाउको दुखाईका कारणले स्थगित गरिएको थियो ।पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण विज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि पोलिग्राफको सम्पुर्ण तयारी पुरा गरेर परिक्षण गर्ने भने पनि टाउको दुखाईले स्थागित गरिएको जनाएको थियो ।पोलिग्राफ परिक्षण सम्बन्धित व्यक्तिबाट सत्य तथ्य कुरा निकाल्ने एक प्राविधि प्रक्रिया हो ।
पोलिग्राफ परिक्षणमा ईन्भेस्टिगेटिभ, जटिल तथा उच्चस्तरका घटनाहरुको अनुसन्धान गर्ने प्रक्रिया हो । पोलिग्राफ परिक्षणले मान्छेको शारिरीक गतिविधि केहि समयलाई बन्द भएपछि भने दिमाग निष्पक्ष र फुर्तिलो हुन्छ । एउटा शान्त कोठामा गरि पोलिग्राफ परिक्षण समय अवधीभरि मान्छेले आफनो दिमागबाट केहि कुरा आफुले चाहेपनि लुकाउन र झुठो बोल्न सक्दैन ।
No comments