Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 5:00 PM 0

नौ बर्ष अघि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा आफ्नो मृगौला दिएर बचाउने अन्जना घिमिरे चितवन भरतपुरका धु्रब घिमिरेको साईली छोरी हुन । ओली दुबै मृगौलाले काम नगरेपछि ईन्तु न चिन्तको अवस्थामा पुगेको बेला अन्जनाले दिल्लीमै गएर आफ्नो एक मृगौला दिईन । अहिले सोही मृगौलाबाट जीवन दान पाएका ओली मुलुकको प्रधानमन्त्री छन । नेकपा एमालेमा लामो समयदेखि राजनीति गर्दै आएका धु्रब घिमिरेले ओलीलाई आफ्ना तीन छोरी वा श्रीमति जसको मृगौला मिल्छ उसकै दिने भनेर तयारी गरेका थिए । साईली अन्जनाको मिल्यो र ओलीमा प्रत्यारोपण गरियो । 

Capture
अन्जना केपी ओलीका काकाका छोरा तारा ओलीकी श्रीमति हुन । ओलीलाई छोरीको मृगौला दिलाएर गुन मात्रै लगाएका होईनन धु्रब घिमिरेले उनी २०२८ सालदेखि कम्यूनिष्ट राजनीतिमा प्रवेश गरेर ओलीको दुख सुखको साथी बन्दै सँगै सहयात्रा गर्दै आएका ब्यक्ति समेत हुन । सोमबार प्रधानमन्त्री निवासको दुई नम्बर गेटमा भेटिएका धु्रब घिमिरेले प्रधानमन्त्री ओलीलाई भेट्न गरेको प्रयास झण्डै उनी प्रधानमन्त्री भएपछि देखिकै रहेछ तर अहिलेसम्म उनको भेट हुन सकेको छैन । सुगर पेसेन्ट घिमिरे कहिले काँही चितवनबाट काठमाडौ आउँछन र प्रधानमन्त्रीलाई भेट्न बालुवाटार धाउँछन तर उनलाई प्रधानमन्त्री त के उनका सहयोगीहरुले समेत भेट गर्दैनन । 

दिनभरी कुर्छन र अबेर भएपछि फर्कन्छन । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले अहिलेसम्म प्रधानमन्त्री बनेपछि ओलीलाई भेट्न आफू सात पटक बालुवाटार आईसकेको बताए । उनले भने,‘ ओलीजी प्रधानमन्त्री भएको लामो समयपछि सुकुम्बासीहरुको एक टोलीसँगै गएर सामूहिक रुपमा बधाई दिन पाए त्यसपछि सात पटक बालुवाटार आईसके तर अहिलेसम्म भेट हुन सकेको छैन । उनले प्रधानमन्त्रीका सहयोगीहरु रमेश आचार्य, राजेश बज्राचार्य, ईन्द्र भण्डारीसँग कैयौ पटक टेलिफोनमा भेटको लागि आग्रह गरिसके तर उनीहरुले बास्ता गरेका छैनन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा छिमेकी रहेका घिमिरेले भने,‘ प्रचण्डजीलाई भेट्न सजिलो छ ।

उहाँले मलाई घरमै लगेर सम्मान पनि दिनु हुन्छ तर आफ्नै छोरीको मृगौलाले जीवनदान पाएका ओलीसँग भेट हुन नसकेर म हैरान भईसके । उनले प्रधानमन्त्रीलाई भेट्नुको कुनै ब्यक्तिगत कारण नभई उहाँलाई केही सुझाव दिने चाहना भएको बताउँदै आफूले भेट्नै नपाई कतै उहाँ प्रधानमन्त्रीपदबाट बाहिरिनु त हुने होईन भन्ने चिन्ता गर्छन । प्रधानमन्त्री ओलीले आफूलाई सम्मान नै गर्ने भएपछि बालकोटदेखिनै भेट गर्न गाह्रो हुने गरेको अनुभव सुनाउँदै प्रधानमन्त्री पत्नीले राम्रो नमान्ने गरेको कारण आफूलाई बेवास्त गरेको हुन सक्ने आशंका ब्यक्त गरे । घिमिरले भने,‘ प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले घृणा गर्छिन ।



कहिल्यै पनि उनले हामीसँग बसेर सँगै चियाँ खाएकी छैनन । उनी हामीप्रति रिस गर्छिन । त्यसैले यस्तो भएको हुन पनि सक्छ ।’ ओली प्रधानमन्त्री भएकोमा आफुहरु खुसी भएको उल्लेख गर्दै उनले उखान टुक्का भनेर मात्रै ठिक नहुने सुझाव दिए । उनले भने,‘ उखान टुक्कामा कलाकार सन्तोष पन्त पनि माहिर छन । उखान टुक्का जानेरै प्रधानमन्त्री हुने भए सन्तोष पन्त पनि प्रधानमन्त्री हुन्थे । माक्र्सबाद पढेर प्रधानमन्त्री हुने भए पनि मोहन विक्रम सिंह प्रधानमन्त्री हुन्थे । यो कुरा ओलीले ख्याल गर्नु पर्छ ।’ घिमिरेले पछिल्लो समयमा सरकार परिवर्तनको विषयमा भएको सहमतिको चर्चाको विषयमा प्रतिक्रिया दिदै राजनीतिमा नैतिकता हुने भएकोले सहमति भएको भए ओलीले प्रचण्डको लागि पद छाड्नु पर्ने बताए । 

«
Next
»
Previous

No comments

Leave a Reply