आज आमाको मुख हेर्ने दिन कुशेऔंशी र यसको विशेषता, महत्व...
Harek Samachar
4:40 PM
0
आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । यो दिनलाई मातृऔँशी, मातृ दिवश भन्ने गरिएको छ । यस दिन जन्म दिने आमाको मुख हेर्नको लागि भनेर सन्तानहरु आफ्नो आमा भएको ठाँउमा गएर आफुले सके अनुसारको मीठा परिकार खुवाउनुका साथै बस्त्रद्वारा आमालाई खुसी तथा प्रशन्न पार्ने गरिन्छ । आफुलाई जन्म दिने ममतामयी आमाप्रति श्रद्धाभाव राखेर आज आमालाई मीठामीठा परिकार बनाएर खुवाईंदैछ ।

हरेक बर्ष बैशाख कृष्णपक्ष औंशीको दिन नेपालीहरुले बनाउने यो पर्व विश्वभर लोकप्रिय बन्दै गइरहेको छ ।
सन्तानले आमालाई सँधै खुसी राख्नुपर्छ भन्ने ध्ययले मनाउन थालिएको यो पर्वमा आमाले पनि सदा झैं आफ्ना सन्तानको दिर्घायु, सुस्वास्थ्य र सफल जिवनको मामना गर्नेगर्छन् । आजकै दिन आमा नभएका सन्तानहरुले काठमाडौंको थानकोट नजिक रहेको मातातीर्थमा दानधर्म गर्ने गर्दछन् ।

आजका दिन गरेको दान र दिएको भेटिले आमालाई शुभ हुने र उहाँले स्वर्गमा भाग पाउने धार्मिक जनविश्वास रहिआएको छ । विभिन्न जिल्लामा रहेका जलाशय तथा आमाघर एवं बृद्धाश्रममा पुगेर समेत आज आमा भएका तथा नभएकाहरुले आफुले सक्दो दान धर्म गर्ने चलन पनि बढ्दो रुपमा रहेको छ ।
No comments