भूकम्पले धेरैका ज्यान लिएको यो ठाउँमा भूतले अहिले पनि तर्साउँछ के रहेछ रहस्य ? { पुरा पढनुहोस }
Harek Samachar
12:53 AM
0
भूकम्प जाँदा म यो घरको पाँचौ तल्लामा थिएँ । भाग्नुपर्यो भनेर भर्याङबाट ओर्लने तरखर के गर्दै थिएँ भर्याङ पनि हल्लिन थाल्यो । तल झर्न नसकेपछि त्यहीँ बसिरहेँ । एकैछिनमा दायाँबायाँका घरहरु ढले ।मानिस चिच्याएको र घर ढलेको आवाजले मैले आफू पनि मरिसकेको महसुस गरेँ । बाहिर घर भत्किएर उडेको धुलोले परतिरको दृश्य देख्न पनि मुश्किल थियो । भूकम्प अलि कम भएपछि म सडकमा निस्केँ । मिनेट भरमै म बसेको पछिल्तिरका तीनवटा घर ढलिसकेका थिए । त्रिशुली धौलागिरी गेष्ट हाउस, लुम्बिनी लालीगुराँस, र लालीगुराँस गेष्ट हाउस ढल्दा आँखै अगाडि धेरैको ज्यान गयो ।
ती तीनवटा गेष्ट हाउसबाट हप्ता दिनसम्म पनि शव निकाली रह्यो । वरिपरिका घर ढलेपनि संयोगले म बस्ने घर चाहिं ढलेन । गेष्ट हाउस भत्किँदा कतिको त सिंगो परिवारकै ज्यान गयो । हाम्रो आयस्रोत भनेकै व्यापार व्यवसाय । व्यापार नखोले हात मुख जोर्न पनि समस्या हुने भएपछि मैले भूकम्प गएको दश दिन पछि २२ गतेबाटै पसल खोलेँ, त्यतिबेलासम्म पनि शवहरु निकालिसकेको थिएन ।
२९ गते पनि फेरि ठूलो भूकम्प आएपछि फेरि पसल बन्द गरेर बस्यौं । झण्डै पाँच दिन बन्द गरेपछि पसल त खोलेँ, तर ग्राहकहरु खासै आएनन् । पछि बुझ्दै जाँदा मेरा नियमित ग्राहकहरुले पनि ज्यान गुमाएछन् । ती नियमित ग्राहकहरु मेरा आँखाबाट टाढा हुन निक्कै समय लाग्यो मलाई । न आउँछन् कि ? कसैले बोलायो भने पनि झसंग हुने ? ती मरिसकेका ग्राहकले बोलाए जस्तो लागिरह्यो । तर संसार यस्तै रहेछ भनेर चित्त बुझाउँदै गएँ । जनजीवन सामान्य पनि हुँदै गयो । असोज तीन गते आइतबार बेलुका, म पसल बन्द गर्ने तरखरमा थिएँ । एक्कासी डङडङ आवाज आयो । यसो ठम्याउने कोशिस गरें । आवाज आई नै रह्यो । तर हेर्दा कोही पनि थिएन । पछि मात्र मैले निक्र्यौल निकालें मलाई त्यो दिन तर्साएको रहेछ ।
हुन त मानिसहरु दिउँसै तर्साउँछन् भूतले, राती राती भएपछि मानिस रुन्छन् हल्ला गर्छन् र ती भूत हुन् भन्थे, मैले पत्याएको थिएन । त्यो दिन तर्साएपछि मलाई बेला बेलामा तर्साईरह्यो । ‘कहिले हुलमा मानिसहरु हिँडेको आवाज आउने, कहिले दौडिए जस्तो गर्ने, चुरा बजाउने तर हेर्दा कोही नदेख्ने’ यस्ता धेरै पटक सामना गरिसकेको छु । भूकम्प गएको सात आठ महिनासम्म यहाँ त्यत्ति धेरै चहलपहल पनि भएन । मानिसहरु चाँडै होटल पसल बन्द गरेर सुतिहाल्थे । सबैले भूत हिँड्छ, तर्साउछ भनेपछि छिमेकीले होम् पनि गरे । छिमेकीले नयाँ नयाँ घर बनाउने बेला पनि होम गर्न थाले । मानिसको चहलपहल पनि बढ्न थाल्यो ।
अहिले त राती अबेरसम्म पनि मानिसको चहलपहल भइरहन्छ । त्यसैले त्यत्ति धेरै तर्साउँदैन । अहिले पनि बेला बेलामा चुरा बजाएको, कोकको बोतल फ्याँकेको जस्तो आवाज आउँछ तर हेर्दा कोही देखिँदैन । पहिला तर्साउँदा अलि अलि डर लाग्थ्यो । हिजो आज चाहिँ बानी परेर हो कि छिमेकीहरु भएर हो, खासै वास्ता लाग्दैन । भूत हुँदैन र तर्साउँदैन भनेर भन्दै हिँड्ने म नै पत्याउन बाध्य भएँ । भूतले तर्साउँदो रहेछ । भूत हुँदैन भन्ने भावनाले निडरता चाहिं बनाउँदो रहेछ । त्यसैले पनि होला मलाई डर नलागेको ।

No comments