Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:05 AM 0

करिब १२ वर्षअघि परिवार र छोराहरुको भविष्य उज्वल होस् भनेर हमरजुङ–२ का दोर्णबहादुर भुजेल रोजगारीका लागि साउदी अरब पुगेका थिए। पाँच महिनाको छुट्टीमा गत फागुनमा आएका उनी अहिले नयाँ समस्या सामना गर्दैछन् । न विदेशी भूमिमा कमाएको सम्पत्ति छ न जीवनसाथी नै। १२ वर्ष विदेशी भूमिमा कमाएको सम्पत्ति लिएर श्रीमती अर्कैैसँग हिँडेपछि उनी सम्पत्ति फिर्ता गराउन कानुनी बाटो खोज्दै हिँडेका छन्  तेह्रथुम-430x336
सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर लगन गाँठो बाँधिएकी पत्नी मञ्जुला १२ वर्षसम्म कमाएको सम्पति सहित अर्केसँग जालिन् भन्ने उनले सोचका पनि थिएनन् । तर भयो त्यस्तै। श्रीमती हराएपछि फिर्ता गराउन प्रयासस्वरुप उनले अदालतमा मुद्दा दायर गरेका छन् । मञ्जुला गत चैत २५ गते छथरको शुक्रबारेमा लाग्ने बजारमा तरकारी किन्न भनेर घरबाट निस्केकी थिइन्। बजार गएकी उनले ऋण दिएको सुन उठाउनु पर्ने भयो आज घर आउँदिन् भनेर घरमा खबर गरिन्। त्यसपछि उनी फर्किएकी छैनन् । 

उनको भोलि कहिले आउने हो मलाई थाहा छैन’, दोर्णबहादुरले दुःखी हुँदै भने, ‘मलाई भाग्यले ठग्यो, परिवारकै सुखशान्तिका लागि त म विदेश गएको थिएँ । मञ्जुला सिन्धुली निवासी दीपक भुजेलसँग भागेको उनले पत्तो लगाएका छन्। १२ वर्षसम्म विदेशबाट पठाएको ५० लाख रुपैयाँ र १५ तोला सुन ७ वटा मोबाईल र मोरङ बिराटचोकको घडेरी समेत बेचेर दिपकसँग भागेको द्रोणले बताए। सम्पत्ति फिर्ता गरीपाउँ भनी उनले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।


दुई छोराकी आमा मञ्जुला श्रीमान् विदेशमा हुँदा सिन्धुलीका दिपक भुजेलसँग सम्बन्ध बढाएकी थिइन् । अत्यन्तै राम्रो सम्बन्ध रहेकोले आफूले मञ्जुलालाई कहिलै अविश्वास नगरेको द्रोणले सुनाए । उनी हराएको केही दिनपछि एसएसली दिँदै गरेका जेठो छोरालाई मञ्जुलाले फोन गरी आफूले दीपक अंकलसँग विवाह गरेर भागेको बताएकी थिइन् । छोराले सो सूचना सुनाएपछि द्रोण छाँगाबाटा खसेजस्तो भएका थिए ।
परिवारको सुख तथा दुई छोराको भविष्यका लागि साउदीमा काम गरेको भए पनि अहिले उनको स्थिति १२ वर्ष अगाडिकै हैसियतमा आएको छ। सम्पतिको नाममा उनीसँग गाउँको एउटा घर मात्र बाँकी छ। ‘१२ वर्ष कमाएको सम्पत्तिमध्ये अहिले मसँग एक पैसा छैन’, उनले भने, ‘मलाई अन्याय भयो।’ विदेशमा श्रीमान् भएकाहरु सम्बन्ध तोडेर दोस्रो विवाह गर्नेहरुको संख्या जिल्लामा बढ्दै गएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply