Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 4:22 AM 0

मलेसियाको एक स्कुलमा ’भूत’ आएपछि भागाभाग मच्चिएको छ । स्कुलमा शिक्षकले पढाई राखेका बेला लगातार केहि दिन देखि भूत देखिएपछि बन्द गराइएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सो घटनापछि स्कुलमा विद्यार्थी र शिक्षक आत्तिएका छन् । स्कुलमा भूतको छाँया देखिएको र उसले स्कुलका बालबालिका माथि आक्रमणसमेत गरेको बताइएको छ । भूतको तस्बिर सीसीटिभी क्यमरामा कैद भएको उल्लेख गरीएको  छ ।

सो भूतले पहिलो दिन २५ विद्यार्थीमाथि आक्रमण गरेको थियो। त्यसपछि लगातार ५० विद्यार्थी र ११ शिक्षकमाथि आक्रमण गरेको छ । स्कुलका शिक्षक कामहार इब्राहिमले भनिन् ’मैले एउटा कालो छाया देखें, जो मतर्फ आउँदै थियो। त्यो छाया मेरो शरीरभित्र पस्ने कोशिस गर्दै्थियो। सो समयमा स्कुलका अन्य शिक्षक कुरान पढ्दै थिए।’ निकै आत्तिएकी इब्राहिमले भनिन् ,’ त्यो देख्ने वित्तिकै मेरो होश गुम्यो ।’ भुत आए पछि  स्कुलमा शान्ति पाठ गरिएको थियो । तर पनि स्कुलमा भूत आउने क्रम भने रोकिएको छैन ।


                    

«
Next
»
Previous

No comments

Leave a Reply