उत्तर कोरियाद्वारा वाशिंटन डिसी ध्वस्त बनेको भिडियो सार्वजनिक { हेर्नुस भिडियो }
Harek Samachar
12:27 PM
0
उत्तर कोरियाले नयाँ "लास्ट चान्स" नामको एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा उत्तर कोरियाले अमेरिकामाथि परमाणु हतियारबाट आक्रमण गर्ने धम्की दिएको छ । त्यस भिडियोमा अमेरिका आफ्नो ठाउँबाट एक कदममात्र अगाडि बढ्यो भने उसमाथि परमाणु हतियारबाट आक्रमण गरिने चेतावनी समेत दिएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चार मिनेट लामो सो भिडियोमा अमेरिकाको राजधानी वाशिंटन डिसीलाई परमाणु आक्रमणबाट ध्वस्त बनाएको देखाइएको छ । भिडियोको सुरुवात अमेरिका र दक्षिण कोरियाको सम्बन्धको इतिहासबाट सुरु भएर वाशिंटन डिसी ध्वस्त भएपछि समाप्त हुने संचारमाध्यमले उल्लेख गरेका छन् ।
भिडियोको अन्त्यमा कोरियाली भाषामा एउटा सन्देश आउछ , 'यदि अमेरिका एक इन्चमात्र पनि हाम्रोतर्फ अगाडि बढ्यो भने तत्काल न्युक्लियर अट्याक गर्छौं '। उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरिया र अमेरिका विरुद्ध परमाणु आक्रमण गर्ने धम्की दिएको थियो । उत्तर कोरियाले गत जनवरीमा हाइड्रोजन बमको सफल परीक्षणसमेत गरेको थियो । उत्तरले केही दिन अगाडि मात्रै अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास नरोके गम्भीर परीणाम भोग्न चेतावनी समेत दिएको छ ।
भिडियो :
No comments