क्यानडामा विमान दुर्घटना: पूर्व मन्त्री सहित सात जनाको मृत्यु
Harek Samachar
12:14 AM
0

क्यानडामा एक निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहित उनका परिवारका सदस्यहरु परेको जनाइएको छ । दुर्घटनामा विमान दुर्घटनामा लापिरेकी श्रीमती, दुई भाई र एक बहिनीको निधन भएको हो । उनीहरु लापिरेको बुबाको अन्तिम संस्कारको लागि जादैँ थिए ।
लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए । उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए । लिस-डे-ला-माडिलिनि विमानस्थलमा विमान दुर्घटनामा परेको थियो ।
No comments