Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:41 PM 0

नेपालले आउँदो महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मैत्रीपूर्ण खेल चैत १६ गते मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।  
यो मैत्रीपूर्ण खेलका लागि मलेसियाले नेपाललाई आमन्त्रण गरेको एन्फाले स्पष्ट पारेको छ । पछिल्लो एक महिनामा २ वटा उपाधि उचाले पनि नेपाली फुटबल टिमले अबको २ वर्षसम्म खेल्ने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता छैनन् । त्यसैले राष्ट्रिय फुटबल टिमलाई व्यस्त राख्न मैत्रीपूर्ण खेलको पहल गरिएको एन्फाले जनाएको छ ।  
२ वर्षपछि बंगलादेशमा खेल्ने साफ च्याम्पियनसिप नै  नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालले २ वर्षपछि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएपनि यो बिचमा अरु पनि मैत्रीपूर्ण खेलका लागि पहल गरिने एन्फाले स्पष्ट पारेको छ । नेपालले गत हप्ता भारतमा भएको सागको फुटबलमा स्वर्ण पदक जितेको थियो भने त्यो भन्दा अघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि पनि जितेको थियो । 

«
Next
»
Previous

No comments

Leave a Reply