Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:43 AM 0

लमजुङ, फागुन १२ – लमजुङमा अलैंची खेती तिव्र रुपमा विस्तार हुँदै जाँदा युवाले गाउँमै रोजगारी पाउन थालेका छन् । थोरै श्रम र लगानीमा धेरै आम्दानी हुने भएपछि युवा अलैंची खेतितर्फ आकर्षित भएका हुन् । 

पाखो जमिनमा रोपिएको अलैंचीबाटै गाउँघरका किसानले लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन् । भुलभुले गाविस–८ छिनखोलाका लालबहादुर तामाङ अहिले अलैंची गोड्न व्यस्त हुनुहुन्छ । हुलाकको जागिर छाडेर धेरै पैसा कमाउन उहाँ विभिन्न देशमा रोजगारी खोज्दै पुग्नुभयो । 

तर त्यहाँ पनि सोचेजस्तो नभएपछि तामाङले हिजोआज गाउँकै पाखो जमिनमा विदेशमा भन्दा बढी आम्दानी गरिरहनु भएको छ । गाउँमा खेर गइरहेको जमिनमा अलैँचीबाट आउँदो वर्ष २० लाख रुपैयाँ आम्दानी हुनेमा उहाँ ढुक्क हुनुहुन्छ ।  

परम्परागत खेती भन्दा अलैंची खेती गर्दा धेरै आम्दानी हुने किसानहरुको अनुभव छ । सामान्यतया एक हजार मिटर भन्दा उच्च भूभागमा रहेको सेपिलो ठाउँमा अलैँची खेती हुने गरेको छ । यसअघि धान, मकै, कोदो रोपिएको ठाउँमा समेत अहिले अलैंची रोपेको छिनखोलाकै अर्का किसान जगराम तामाङले बताउनुभयो ।  परम्परागत खेतीले छ महिना पनि खान नपुग्ने किसान अलैँची खेतीबाट मनग्य आम्दानी लिन पाउँदा दंग छन् । विगत दश वर्षदेखि अलैंची खेतीमा लागेका किसान मनप्रसाद तामाङले अलैंची बेचेर राम्रो आम्दानी भइरहेको बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालय लमजुङका अनुसार जिल्लाको एक सय ९४ हेक्टर क्षेत्रफलमा अलैंची रोपिएको छ । जसबाट यस बर्ष मात्रै ६२ मेट्रिक टन अलैँची उत्पादन भएको र १२ करोड ४० लाख रुपैयाँ आम्दानी भएको छ । लमजुङमा सबैभन्दा धेरै अलैंची खेती भुलभुलेको छिनखोलामा गरिएको छ । गाउँमा रहेको ५२ घरधुरीले संयुक्त रुपमा समेत अलैंची खेती लगाएका छन् । 

छिनखोलामा मात्रै यो वर्ष ६० लाख रुपैयाँको अलैंची विक्रि गरिएको छ । छिनखोलामा जस्तै अहिले भुलभुले, गौंडा, इलमपोखरी, दुधपोखरी, भोँजे, पसगाउँ, भुजुङ, उत्तरकन्या, ताघृङ, घेर्मु, पसगाउँ, गिलुङ लगायतका गाउँमा समेत अलैंची खेती विस्तार हुन थालेको छ । अलैंचीबाट मनग्य आम्दानी हुन थालेपछि जिल्ला कृषि विकास कार्यालयमा विरुवाको माग पनि ह्वात्तै बढेको छ । धेरै ठाउँमा अलैंची लगाउन थालेपछि माग अनुसार विरुवा पुर्याउन नसकेको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले बताउनुभयो । 

«
Next
»
Previous

No comments

Leave a Reply