Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:13 PM 1

बुधबार म्याग्दीमा दुर्घटनामा परेको तारा एयरको 9N AHH कलसाइन ट्वीनअटर विमानमा २ दिन पहिले नै समस्या देखिएको दावी एक अष्ट्रेलियन फोटोग्राफरले गरेका छन् ।
अष्ट्रेलियास्थित गोल्डक्वेस्ट बुलेटिनका फोटोग्राफर माईक बाटरहाम सोमबार सोही विमानमा चढेका थिए, जुन बुधबार पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा दुर्घटनाग्रस्त भयो ।
‘म नेपाली त बुझ्न सक्दिन, तर पाइलटको बडी ल्याङ्ग्वेज हेर्दा विमानको दिशासुचक प्रणालीमा केही समस्या भएको जस्तो लाग्थ्यो,’ बाटरहामले गोल्डक्वेस्ट बुलेटिन लाई भनेका छन्, ‘पाईलटहरुलाई संकेतस्वरुप त्यहाँ ग्रिन लाईट प्रयोग गरिएको थियो । त्यही ग्रिन लाईटको सहारामा उनीहरु पहाडबाट आफ्नो बाटो तय गर्छन् ।’
बाटरहामले अघि भनेका छन्, ‘पाइलटले डायल बटन थिचेका थिए र को-पायलटतर्फ हेरेर टाउको हल्लाउँदै हात उठाएका थिए । त्यसैक्रममा उनले ग्रिन लाईटको संकेत गुमाउन पुगे, सो लाईट क्रमश: हराउँदै गयो । यदि कुहिरो लागेको भए पाइलटहरु त्यही हरियो बत्तिको संकेतमा निर्भर रहनुको विकल्प थिएन ।

‘अझ खराब मौसमका कारण फ्लाइट थप मुस्किल बन्दै थियो,’ उनले भनेका छन्, ‘त्यसपछि जव पाइलटले ककपिटमा हात बजार्न थाले त्यो दृष्यले सबैलाई विचलित बनाएको थियो ।
’ साथै उनले विमानमा बढी यात्रु राखिएको खुलासा पनि गरेका छन् । १८ जना यात्रु क्षमता भनेर विज्ञापन गरिएपनि आफू चढेको फ्लाइटमा त्यसभन्दा बढी यात्रु चढाएको उनको दावी छ । 
जुन कुराको पुष्टि दुर्घटनाको दिनसमेत बढी यात्रु रहेकोबाट पनि हुन्छ । सो दुर्घटनामा चालकदलका तीन सदस्यसहित २३ जनाले ज्यान गुमाएका थिए ।

«
Next
»
Previous

1 comments विमान दुर्घटनाबारे एक अष्ट्रेलियन फोटोग्राफरले गरे गम्भीर खुलासा, यस्तो रहेछ कारण !

  1. https://www.youtube.com/watch?v=sqOewk8P4Ck
    hernus tara airko biman kasari k bayo

    ReplyDelete