Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:49 PM 0

युवा फरवार्ड विमल घर्तीमगर स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडमा अनुबन्धित हुने भएका छन् । अर्का फरवार्ड/विंगर अञ्जन विष्ट र सेन्टर–ब्याक अनन्त तामाङले मार्बेलामै ट्रायलका रूपमा ट्रेनिङ गर्ने पनि निश्चित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार जनाएअनुसार विमलले स्पेन पुगेपछि मार्बेलासँग सम्झौता गर्नेछन् । त्यही क्लबमा अनन्त र अञ्जनले दुई महिना प्रशिक्षण गर्नेछन् । उनीहरूका निम्ति प्रशिक्षण अवधि ट्रायलका रूपमा पनि रहनेछ । त्यसैले ट्रेनिङमा राम्रो गर्नसके उनीहरूले पनि अनुबन्धको अवसर पाउन सक्छन् ।
उनीहरूलाई यो अवसर बेल्जियन फुटबल एजेन्ट लोइस डे भ्राइजले मिलाएका हुन् । दुई वर्षयता विमललाई युरोपका विभिन्न क्लबमा ट्रायल–ट्रेनिङ दिलाएका उनी यसैका निम्ति दुई दिनयता काठमाडौंमा छन् । तीन खेलाडी मार्च ५ देखि अप्रिल ३० सम्म मार्बेलासँग हुनेछन् । मार्बेला मैत्रीपूर्ण खेलमा सहभागी हुन मार्च १३ देखि ३१ सम्म नेदरल्यान्ड्समा हुनेछ । त्यसमा तीनै नेपाली फुटबलर हुनेछन् ।
यी तीन नेपाली राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप र यू–२३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्दाका पहिलो रोजाइका खेलाडी हुन् । राष्ट्रिय टिमले २३ वर्षपछि जितेको उपाधि थियो, बंगबन्धु । दक्षिण एसियाली खेलकुदमा स्वर्ण पनि नेपाली टिमले २३ वर्षपछि नै जितेको हो । उनीहरूकै उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपालले भदौमा सातदोबाटो, ललितपुरमा भएको प्रथम यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply