Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 11:45 PM 0

तेह्रथुममा यस वर्ष साढे सात करोड रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी उत्पादन भएको छ । गाउँ–गाउँमा अकबरेको व्यवसायिक खेती सुरु भएपछि यसवर्ष किसानले यत्तिका मुल्य बराबरको २५० मेट्रिक टन अकबरे खुर्सानी फलाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 




पछिल्लोवर्षहरुमा भारतीय बजारबाट समेत माग आउन थालेपछि परम्परागत खेती गर्ने किसानको ध्यान व्यवसायिक खेतीतर्फ केन्द्रित भएको छ । जसका कारण गतवर्षको तुलनामा यसवर्ष करिब ५७ मेट्रिक टन अकबरे बढी उत्पादन भएको छ ।
गतवर्ष जिल्लामा १९३ मेट्रिक टन अकबरे खुर्सानी उत्पादन भएको थियो । जिल्लाका नगरपालिका सहित २० भन्दा बढी गाविसमा गरिने अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदे बाली अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी ३ सयदेखि ४ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply