Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:35 PM 0

Copa America 2016

विश्वकै सबैभन्दा पुरानो कोपा अमेरिकाको संस्करण अमेरिकामा हुँदैछ । गत वर्ष कोपा अमेरिका भएर चिली च्याम्पियन भए पनि विश्वकै पुरानो प्रतियोगिता सुरुवात भएको एक सय वर्ष पुगेको अवसरमा अमेरिकामा भोलिदेखि ४५ औं संस्करण हुन लागेको हो । एक सय वर्ष पुगेकै अवसरमा यो प्रतियोगिता हुन लाग्दा दक्षिणमात्र नभएर यसपटक उत्तर र मध्य अमेरिकाका देशहरुले समेत खेल्दैछन् । दक्षिण अमेरिकाका १२ राष्ट्रले खेल्दा उत्तर मध्य अमेरिकाका चार राष्ट्रले सहभागिता जनाउँदैछन् । यसपटक आयोजक अमेरिका, मेक्सिको, पानामा र हाइटी दक्षिण अमेरिका बाहिरका टोली हुन् । चार समूहमा चारकै दरले १६ राष्ट्र यो प्रतियोगितामा भिड्न लागेका हुन् ।

उत्कृष्ट खेलाडीको संगम
विश्वकै सबैभन्दा पुरानो प्रतियोगिता हुँदै गर्दा ला लिगा र प्रिमियर लिग, फ्रेन्च लिगमा निक्कै प्रभावकारी खेल देखाइरहेका खेलाडिलाई खेलिरहेको देख्न सकिन्छ । अर्जेन्टिनाबाट बार्सिलोनाका लयोनेल, मेसी, हाभियर मास्चेरानो, पिएसजीबाट खेल्ने डि मारिया, नेपोलीबाट खेल्ने, गोञ्जालो हिगुएनले खेल्दैछन् । मेसी एक हप्ताअघि होन्डुरससँगको मैत्रीपूर्ण खेलमा घाइते हुन पुगेका थिए ।
त्यस्तै उरुग्वेबाट लुइस सुवारेज, काभानी, डिएगो गोडिन, चिलीबाट एलेक्सिस सान्चेज, कोलम्बियाको जेम्स रोड्रिगेज, ब्राजिलबाट थिएगो सिल्भा, डेभिड लुइस, डेनी अल्भेस टिमबाट खेल्दैछन् । तर, आफ्नै देशमा हुने ओलम्मिकमा फुटबलतर्फको स्वर्ण पदक जित्नका लागि नेयमारलाई यसपटक ब्राजिलको टिममा देख्न पाइने छैन ।
४५ संस्करणमा उरुग्वे सबैभन्दा बढी अर्थात १५ पटक च्याम्पियन बनेको छ । अर्जेन्टिना १४ र ब्राजिलले ८ पटक यो प्रतियोगितामा जितेका छन् । २÷२ पटक जित्नेमा पाराग्वे र पेरु छन् । एक पटक जित्नेमा बोलिभिया, कोलम्बिया र चिली छन् । चिलीले एक वर्ष अघि अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलोपटक उपाधिमाथि कब्जा जमाएको थियो । भेनुजुएला र इक्वेडरमात्र यो प्रतियोजिता जित्न नसकी भाग्यशाली बन्न सकेका छैनन् । अघिल्लो संस्करणमा फाइनल खेलेका अर्जेन्टिना र चिली यसपटक एउटै समूहमा परेका छन् । यो समूहमा बोलिभियासँगै पानामा पनि छ । अरुको तुलनामा यो समहूलाई कठिन मानिएको छ । प्रत्येक समूहबाट ८ टिम प्रिक्वारटफाइनमा जानेछन् ।
युरोले छायाँ पार्ने डर
विश्वकै चर्चित इङलिस प्रिमियर लिगलाई ८ वर्षदेखि छायाँमा पार्दै लियोनेल मेसीले बार्सिलोना र क्रिश्चियानो रोनाल्डोले रियल म्याड्रिडलाई अग्र स्थानमा राख्दै आए । उनीहरु नै पछिल्ला ९ वर्षमा विश्वका उत्कृष्ट फुटबलर बनेका छन् । तर, यसपटक ६ दिनपछि युरोकप पनि हुने भएकोले अमेरिकी फुटबल स्टारहरुले खेल्ने कोपालाई युरोकपले छायाँ पार्ने अनुमान पनि गरिएको छ । युरोमा रोनाल्डोले खेल्नेछन् । तर, कोपामा मेसी, सुवारेज, रोड्रिगेज, काभानी, डिएगो गोडिन जस्ता खेलाडीले खेल्दैछन् ।
खेल तालिकाः
पाराग्वे, अमेरिका, कोलम्विया, कोस्टारिका
अमेरिकाविरुद्ध कोलम्विया २२ जेठ बिहान ७ः १५ बजे
कोस्टारिकाविरुद्ध पाराग्वे २३ जेठ बिहान २ः४५ बजे
अमेरिकाविरुद्ध कोस्टारिका २६ जेठ बिहान ५ः४५ बजे
कोलम्वियाविरुद्ध पाराग्वे २६ जेठ बिहान ८ः१५ बजे
अमेरिकाविरुद्ध पाराग्वे ३० जेठ बिहान ४ः४५ बजे
कोलम्वियाविरुद्ध कोस्टारिका ३० जेठ बिहान ६ः४५ बजे
समूह बी
ब्राजिल, इक्वेडर, हाइटी, पेरु
हाइटीविरुद्ध पेरु २३ जेठ बिहान ५ः १५ बजे
ब्राजिलविरुद्ध इक्वेडर २३ जेठ बिहान ७ः४५ बजे
ब्राजिलविरुद्ध हाइटी २७ जेठ बिहान ५ः१५ बजे
इक्वेडरविरुद्ध पेरु २७ जेठ बिहान ७ः४५ बजे
इक्वेडरविरुद्ध हाइटी ३१ जेठ बिहान ४ः१५ बजे
ब्राजिलविरुद्ध पेरु ३१ जेठ बिहान ६ः १५ बजे
समूह सी
मेक्सिको, उरुग्वे, भेनेजुएला, जमैका
जमैकाविरुद्ध भेनेजुएला २४ जेठ बिहान २ः४५ बजे
मेक्सिकोविरुद्ध उरुग्वे २४ जेठ बिहान ५ः४५ बजे
उरुग्वेविरुद्ध भेनेजुएला २८ जेठ बिहान ५ः १५ बजे
मेक्सिकोविरुद्ध जमैका २८ जेठ बिहान ७ ः४५ बजे
मेक्सिकोविरुद्ध भेनेजुएला ३२ जेठ बिहान ५ः ४५ बजे
उरुग्वेविरुद्ध जमैका ३२ जेठ गते बिहान ७ ः४५ बजे
समूह डी
अर्जेन्टिना, चिली, बोलिभिया, पानामा
पनामाविरुद्ध बोलिभिया २५ जेठ बिहान ४ः४५ बजे
अर्जेन्टिनाविरुद्ध चिली २५ जेठ बिहान ७ः४५ बजे
चिलीविरुद्ध बोलिभिया २९ जेठ बिहान ४ः४५ बजे
अर्जेन्टिनाविरुद्ध पानामा २९ जेठ बिहान ७ः१५ बजे
चिलीविरुद्ध पानामा १ असार बिहान ५ः४५ बजे
अर्जेन्टिनाविरुद्ध बोलिभिया १ असार बिहान ७ः४५ बजे

«
Next
»
Previous

No comments

Leave a Reply