Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:35 AM 0

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले प्रहरीले पक्राउ गरेको सात जना कार्यकर्ता छुटाउनको लागि नेपाल बन्दको आयोजना गरेर रामलिला देखाएको छ । आम जनतालाई सास्ती दिने बन्द हडतालको विपक्षमा नागरिक रहेपनि दलिय स्वार्थ पूर्ति गर्नको लागि यातायातको साधनमाथि माओवादीका कार्यकर्ताले आगजानी गरेका छन् । सार्वजनिक यातायातको साधनमा तोडफोड नगरेसम्म बन्द सफल नहुने मानसिकता बोक्दै आएको बन्दकर्ताहरुले तोडफोडलाई नै प्राथमिकता दिदै आएका छन् ।



बिहानै तोडफोड गरेपछि त्यसको प्रभाव दिनभरी पर्ने गरेको छ । कानुन विपरीत काम गर्ने विप्लव माओवादीका कार्यकतालाई प्रहरीले पक्राउ गरेर कारवाही अगाडि बढाउदा नेपाल बन्दकै आयोजना गर्नुपर्ने अवस्थामा माओवादी पुगेको छ । बिहानै तोडफोड गरेपछि त्यसको प्रभाव दिनभरी पर्ने गरेको छ । कानुन विपरीत काम गर्ने विप्लव माओवादीका कार्यकतालाई प्रहरीले पक्राउ गरेर कारवाही अगाडि बढाउदा नेपाल बन्दकै आयोजना गर्नुपर्ने अवस्थामा माओवादी पुगेको छ ।

बन्दकर्ता विनाको नेपाल बन्द

सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । मोटरसाइकहरु सञ्चालन भएका छन् । तातो घाममा नागरिकहरु यातायातको अभावमा पैदल हिडन बाँध्य भएका छन् । राजधानीका कुनै पनि सडकको मुख्य भागमा बन्दकर्ता देखिदैनन् । तर पनि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।

बन्दमा प्रहरी मुकदर्शक
बन्दकर्ता नहुदा पनि बन्द भएको देख्दा सर्वसाधारण तीन छक्क परेका छन् । राजधानीका मुख्य चोक–चोकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएपनि गाडी गुडन सकेका छैनन् । सडकमा ठूलो मात्रामा परिचालन भएका प्रहरीले पनि यातायात सञ्चालन गर्नतिर ध्यान दिन सकेका छैनन् । प्रहरी प्रवक्ता माधव जोशीले विभिन्न जिल्लामा जाहेरीका आधारमा पक्राउ गरेकाहरुलाई सोही अनुसारको मुद्धा चलाइएको बताए । उनले नेपाली हेडलाइन्ससँग भने–गल्ती गर्नेलाई कानुन अनुसार कारवाही हुन्छ, नेपाल बन्द गर्दैमा रिहा हुँदैनन ।
सात जना कार्यकर्ता छुटाउन नेपाल बन्द
नेक्र विक्रम चन्द नेतृत्वको माओवादीले ठूलो माग राखेर बन्द गर्यो भन्ने आम मानिसहरुलाई पर्न सक्छ । तर आफ्ना कार्यकर्तालाई रिहा गर्नको लागि नेपाल बन्द नै आयोजना गरेको पहिलो पटक हो । कुनै न कुनै व्यक्ति राजनीतिक आवरणमा गलत काम गर्ने र सोही कार्यकर्ता रिहा गर्न बन्दको आयोजना गर्ने संस्कारले कहाँ पुर्याउला ? जनताको लागि राजनीति गरेको दावी गर्ने राजनीतिक दलहरुको यस्तो क्रियाकलापले जनताको मुक्ति हुन्छ भनेर कस्तो अपेक्षा गर्ने ? जनतालाई दुःख दिएर राजनीतिक गर्ने संस्कारले के देशको विकास होला ?
माओवादीले झापा जिल्लाका पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्य चमनलाल माझी, पुष्प अधिकारी विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्लाका जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङका पार्टी सदस्यद्धय कृष्ण खतिवडा, हरिशरण नेपाल हाल विभिन्न जेलमा रहेकाले उनीहरुलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल बन्दको आयोजना गर्नु यो कस्तो राजीतिक संस्कार हो ?
साझा बस,टक्यासी र ट्रकमाथि आक्रमण
बन्दको आयोजना गरेको माओवादीले कोटेश्वरमा ड्राइभरलाई भित्र नै राखेर टयाक्सीमाथि आगो लगाएको छ । त्यसैगरी त्रिपुरेश्वरमा साझा यातायातको बसमाथि आक्रमण गर्दा २२ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीले बन्द गराउदै हिडने र बसमाथि आक्रमण गर्ने माओवादीका २२ जना भन्दा बढी कार्यकतालाई पक्राउ गरेको बताएको छ ।
एक दिन बन्द हुँदा २ खर्ब नोक्सान
भुकम्प र नाकाबन्दीले थङथिलो भएको अर्थतन्त्र तंरिन सकेको छन् । तर पनि विभिन्न माग राखि देशभित्र विभिन्न समयमा बन्द हडताल हुँदै आएका छन् । पाँच महिनासम्म नाकाबन्दी हुँदा करोडौ रुपैयाँ क्षति बेहोरेको सरकारले एक दिन बन्द हुँदा दुई अर्ब रुपैयाँ क्षति हुने बताएकोछ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार दुई अर्ब नोक्सान हुने बताएको छ । भुकम्पले खरबौं रुपैयाँको क्षति पुर्याएको थियो ।
                

«
Next
»
Previous

No comments

Leave a Reply