यी हुन् १३ घण्टा लगातार खाने तीन वर्षीय बालिका
Harek Samachar
1:17 PM
0
मानिस भएपछि कसलाई पो खाने कुरामा रुची नजाग्ला र ?खाना मानिसहरु भोक हटाउनका लागि खान्छन् ।तर एकजना एउटा यस्ती बच्ची छिन् जसले जिउँदो रहनकै लागि हरेक घण्टा खाना खाइरहनुपर्छ । यदि हरेक घण्टा खाना खाइनन् भने उनको मृत्यु हुन सक्छ । उनलाई एक खतरनाक रोग लागेको छ, जुन करोडौँ मानिसमा एकजनालाई लाग्नसक्छ ।
अमेरिकाकी तीन वर्षीत डिपरोज नामकी ती बालिकाले दिनमा १३ घण्टा त नलीबाट लगातार खानेकुरा लिइरहनुपर्छ । यदि लगातार खान खाइनन् भने उनी सिकिस्त बन्छिन् र कोमामा पुग्छिन् अनि मृत्यु हुनसक्छ
उनको शरीरमा एउटा इनजाइमको अभाव छ जसका कारण उनको शरीरले चिनीको मात्रालाई कायम राख्न सक्दैन । यसलाई ‘ग्लाइकोजन स्टोरेज डिजिज टाइप वान बी’ भनिन्छ । जसका कारण शरीरमा हरेक ९० मिनेटमा खानेकुरा पूराउन जरुरी हुन्छ । कोमाबाट बच्नका लागि उनी पूर्णरुपमा मेसिनमा निर्भर छिन् ।

No comments