अर्जेन्टिनाले चिलीसँग अघिल्लोपटकको बदला लियो, २-१ ले हराउँदै ३ अंक बटुल्न सफल
Harek Samachar
9:31 AM
0
कोपा अमेरिका अन्तर्गत मंगलबार बिहान अर्जेन्टिना र चिलीबीच भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ को गोल अन्तरले हराएको छ ।
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको सान्त क्लारास्थित लेभिज स्टेडियममा नेपाली समय अनुसार ७:४५ बजे भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले हराउँदै पहिलो जित दर्ता गरेको छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफको ५१ औं मिनेटमा एन्जेल डिमारियाले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
त्यसको ८ मिनेटपछि अर्जेन्टिनाका इभर बनेगाले अर्को गोल थपेका थिए । चिलीको तर्फबाट खेलको इन्जुरी टाइममा जोसे पेड्रोफुएन्जालिडाले सान्त्वना गोल गरेका थिए । २०१५ मा भएको कोपा अमेरिका कपको फाइनलमा चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराएको थियो । खेलमा अर्जेन्टिनाका डिमारिया म्यान अफ दि म्याच भए ।

No comments