सम्बन्ध विच्छेदका बढ्दो घटनाले समाजलाई चरित्रहीन बनाउदै
Harek Samachar
4:23 AM
0
सात जुनीका लागि भनेर जोडिने दाम्पत्य जीवनको सम्बन्धहरु सहजै तोडिदै, सम्बन्ध विच्छेदका बढ्दो घटनाले समाजलाई अनुशासनहीनमात्र नभई चरित्रहीन समेत बनाउदै विवाहको सात फन्को, मानिन्छ सात जुनीका लागि हो । तर यस्ता धेरै मान्यताहरु धराशायी बन्दै जाँदा समाजका स्खलित बन्दै गएको छ । परम्पराको पालनामा कठोर मानिन्थ्यो र मानिन्छ पनि नेपाली समाज । तर विवाहको साइनो र सम्बन्ध दिगो हुन छोडेको छ । सजिलै चुँडिन थालेको छ वर र वधुका मालाहरु । जस्ले समाजलाई अनुशासनहीन मात्र नभई चरित्रहीन समेत बनाउदै लगेको छ । यस्ले सामाजिक विचलन र अपराधहरुलाई पनि आमन्त्रण गरिरहेको छ ।
दुर्गाप्रसाद अर्याल, डिभोर्स पीडित श्रीमान
सायद, यति छिट्टै अलग हुनुपथ्र्यो भने, यिनले दोश्रो विवाहको सपनाहरु वुन्दैन थिए होला । किनभने सँगै वाँचौला, मरौला भनेर विवाह गरेको पन्ध्र दिनपश्चात यिनको घरजम टुट्यो । वुढेसकालको सहारा ठानेरै यिनले पहिलो श्रीमतिको दुखद निधन पछि कान्छी अन्माएका थिए । कान्छीले सम्पत्ति ताकेको के थाहा यिनलाई ? विर्सनलायक त्यो क्षण यिनले चाहेर पनि विर्सन सकेका छैनन् ।वैदेशिक रोजगारीका लागि खाडी पुगेका यिनले श्रीमतिलाई निरन्तर रकम पठाइरहे । तर नेपाल फर्कदा उनी धोती न टुप्पीको बनाइए । सम्पत्ति र श्रीमती दुवै साफ । प्रहरीको सहयोगमा श्रीमति त फेला परिन् । तर विच्छेदको विडम्बनासहित । दृश्य २
श्रीमान अर्कै युवतीसँग लागेको के थाहा यिनलाई । मागी विवाह धुमधामसँग सम्पन्न भएको थियो । घर सम्हालिरहेकी थिई जसोतसो । तर स्त्रीलम्पट लोग्नेको कुटपिट र अनेक वाहनामा मानसिक यातना दिएर पनि पुग्दैनथ्यो । उनलाई त्यो सहनुभन्दा सम्बन्धमा पूर्णविराम सम्मानजनक लाग्यो ।
यी हुन नेपाली समाजका पछिल्ला चरित्रहीन प्रतिनिधि दृश्यहरु । कानुनतः महिलाले नचाहदा पारपाचुकेको प्रक्रिया जटिल छ । पछिल्लो समय भने महिलाहरु स्वयम् सम्वन्ध विच्छेदका लागि अघि सरेको देखिन्छन् । तर सम्वन्ध विच्छेदका पछाडि परपुरुष वा परस्त्री गमन, प्रेम र आकर्षण, घरपरिवारवीच असमझदारी र सम्पत्ति स्वार्थ प्रधान बन्दै गएको देखिन्छ । जसले अपराधलाई प्रश्रय दिइरहेको प्रष्ट छ ।
डा. प्रेमवहादुर गिरी, समाजशास्त्री ।
त्यसो त, सम्वन्ध विच्छेदका लागि सामाजिक सञ्जाल नै काफी देखिन्छन् कतिपय घटनाहरुको लागि । भाइवर, फेसवुक या अन्य सञ्जालहरुवाट हुने पूर्वप्रेमी– प्रेमिकाहरुसँगको मिलन, नयाँ सम्वन्धहरुको स्थापना र झाँगिएको रिलेशनले पनि सम्वन्धहरुमा फाटो ल्याउने गरेका छन् । यो वर्ष काठमाडौ जिल्लामा मात्रै पनि १८ सय उजुरीहरु दर्ज भएका छन् । जुन अघिल्लो वर्षहरुको भन्दाबढिरहेको छ । हरेक उमेर समूहका मानिसहरुको सम्वन्ध विच्छेद भएको देखिन्छ । अर्थात ७० वर्ष उमेरका वृद्धवृद्धाहरु पनि सम्वन्ध विच्छेद गरिरहेका छन् । जसले सामाजिक विचलन ल्याउने खतरा रहेको समाजशास्त्रीहरुको मत छ ।

धु्र्रवकुमार, श्रेष्तेदार, काठमाडौ जिल्ला अदालत
सजिलै फाट्न र च्यातिन थालेका सम्बन्धहरुले समाजमा देखाउन थालेको विकृति भन्ने चिन्तनीय छ । क्षणिक आवेश , लोभ र स्वास्र्थमा टुट्ने र अर्कोतिर जोडिने यस्ता सम्बन्धको पवित्रताको आफ्नै पक्ष होला तर हराउन र विर्सिन थालिएको संस्कारले समाजमा कहाली थप्ने भने निश्चित छ ।

No comments