Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:19 PM 0

मुस्लिम समुदायको पवित्र पर्व रमदान सोमबारदेखि सुरु भएको छ । मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बसी आत्मसंयमका लागि प्रार्थना गर्ने पर्वको रुपमा रमदान मनाउदै आएका छन् ।मध्यपूर्वी क्षेत्रका साउदी अरेबिया, यूएई, इजिप्ट, कुबेत, कतारलगायतका देशहरूमा रमादान आइतबार सुरु भएको छ । इस्लामिक पात्रोअनुसार चन्द्रमालाई आधार बनाएर रमादान सुरु भएको घोषणा गरिने हुँदा चन्द्रमाको गतिसँगै समयमा आएको फरकले विभिन्न देशमा रमादानको समयमा समेत केही फरक हुने गर्छ । मुसलमान समुदायले पवित्र चाड रमादान पर्व एक महिना सम्म मनाउने गर्छन् । 
यो पर्व एकमहिने व्रतमा सधैं खाइरहने धनीहरूले समेत भोकै बसेर गरिबहरूको भोक अनुभव गर्न सक्ने मान्यतामा आधारित छ । यो अवधिभर सबै मुस्लिम उपवास बस्ने गर्छन् । बालक, बिरामी, मानसिक सन्तुलन ठीक नभएका र  अशक्तहरूमा यो उपवास अनिवार्य छैन । रमदान सकिएको भोलिपल्ट ईद-उल फित्र (ईद) मनाइन्छ । ईद नमाज ईदुलफित्र अदा पढ्नुअघि आफ्नो बचतको अढाई प्रतिशत रकम वा बचत नभए अढाई केजी गहुँ (फित्रा) बराबरको  मूल्य वा अन्न गरीबलाई दान गर्ने संकल्प गर्नु मुस्लिम समुदायमा अनिवार्य छ । 
संसारभरिका मुस्लिमहरूले रमदानको एक महिनासम्म घाम झुल्किएदेखि सूर्यास्त नहुन्जेलसम्म पानीसमेत नपिई कठोर व्रत राख्छन् । इस्लाम धर्ममा रमादानको महिनाभरि स्वर्गको ढोका खुला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास रहेको छ । सूर्योदयभन्दा केही समयअघि सेहरी (बिहानको खाना) र सूर्यास्तपछि इफ्तार खाने चलन छ । इस्लाम धर्मावलम्बीहरूले दैनिक पाँचपटक प्रार्थना (नमाज) पढ्ने गर्छन् । धेरै नेपालीहरु रोजगारीका लागि गएका यूएईको फेडरल ल १९८० को धारा ६५ मा कामदारले खाइपाई आएको तलब नघट्ने गरी रमादान अवधिभर साविकको काम गर्ने समय ८  घन्टालाई घटाएर ६ घन्टा कायम गरिएको छ ।
इस्लामिक मुलुकहरूमा रमादानको महिनाभरि सार्वजनिक स्थलमा खाएको, पिएको वा धूमपान गरेको पाइएमा सजायको भागीदार हुनुपर्ने कानुनी प्रावधान रहेको पाइन्छ । संयुक्त अरब इमिरेट्समा यो परम्परा उल्ल्लंघन गरिएको पाइएमा एक महिनासम्म जेल सजाय वा दुई हजार (करिब नेरु ४० हजार) सम्म जरिवाना हुनसक्ने यूएईको फेडेरल पेनेल कोर्टमा व्यवस्था छ । 

«
Next
»
Previous

No comments

Leave a Reply