Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 11:58 PM 0


भनिन्छ मानिसको सबैभन्दा बफादार साथी कुकुर हो । भारतमा हालै एउटा कुकुरले यो कुरालाई प्रमाणित गरेको छ । भारतको उत्तरप्रदेश राज्यको शाहजहाँपुरमा आफ्नो मालिकलाई बचाउनका लागि एउटा कुकुर बाघसँगै भिडेको छ र आफ्नो ज्यानै बली दिएको छ । दुधवा राष्ट्रिय निकुञ्ज नजिकको बरबतपुर गाउँमा शुक्रबार राति यो घटना भएको हो ।

गुरुदेव सिंह नामका किसान रातमा आफ्नो घर बाहिर सुतेका थिए । उनीसँगै उनले घरमा पालेको ४ वर्षको ज्याकी नामको कुकुर पनि सुतेको थियो । राति उनीहरु सुतेको ठाउँमा जंगलबाट बाघ आयो । बाघलाई देखेपछि कुकुर जोडसँग भुक्यो र कुकर भुकेपछि गुरुदेव पनि जागे । नजिकै बाघ देख्दा उनको सातोपुत्लो उड्यो र उनी बाघबाट ज्यान बचाउने उपायको खोजी गर्न थाले । तर बफादार कुकुर हिम्मत जुटाएर बाघमाथि जाइलाग्यो ।

विचार त्यो नाथे कुकुरको के लाग्थ्यो । उसलाई बाघले च्याप्पै समात्यो र आहारा बनाउनका लागि जंगलतर्फ लग्यो बाघले लगेको ज्याकीलाई खोज्नका लागि गुरुदेवका परिवार रातमै जंगलतिर निस्किए । केही पर पुगेपछि उनीहरुले ज्याकीलाई मरेको अवस्थामा फेला पारे । गाउँलेहरुले उक्त बहादुर कुकुरको शव ल्याए र अर्को विहान सम्मानपूर्वक अन्त्येष्टि गरे ।

«
Next
»
Previous

No comments

Leave a Reply