सुगम जिल्लाको दुर्गम गाबिसहरु...साथै काभ्रे कोशिपारीको जोखिम पूर्ण यात्रा
Harek Samachar
2:56 PM
0

नेपालको राजधानी काठमाण्डौ देखि २१ किलो मिटर पुर्बको यात्रा गरेपछि काभ्रेपलाञ्चोक जिल्ला पुगिन्छ । त्यहाँबाट १० किलो मिटर पुर्बमा पर्ने धुलिखेल नगरपालिका भित्र काभ्रेजिल्लाको सदरमुकाम रहेको छ । प्राकृतिक सम्पदाको खानी निकै मनमोहक र हरियाली काभ्रे जिल्ला पर्यटकिय हिसाबले निकै सुन्दर मानिन्छ । २०१८ सालमा नेपाल अधिरज्यालाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्नु भन्दा पहिला हालको काभ्रे जिल्ला पुर्ब १ नम्बर क्षेत्र अन्तरगत २८ वटा मौजाहरुको सदरमुकाम चौताराबाट प्रशासित थियो ।
यसरी २८ वटा मौजाका दुई ठुला मौजाहरु काभ्रे र पलाञ्चोक भित्रका बिभिन्न गाउ क्षेत्रलाई समेटेर काभ्रेपलाञ्चोक जिल्लाको नामकरण गरिएको हो । १,३९६ बर्ग किलोमिटर क्षेत्रफल भएको काभ्रे जिल्लामा ९९ गाबिस र ३ नगरपालिका साथै ४ वटा निर्बाचन क्षेत्र रहेकोमा हाल २०७२ सालको पछिलो नगरपालिका घोषणा संगै ५ वटा नगरपालिका र ८७ गाबिस भएको छ । यसरी पाँच नगरपालिका बनेपा, पनौती, धुलिखेल, पाँचखाल र काशी खण्ड नगरपालिका र सतासी गाबिस मध्य कोशिपारी १७ वटा गाबिस रहेको छ
नेपालको राजधानी काठमाण्डौबाट ६० किलो मिटर पुर्ब दोललघाटको कोशि पार गरे पछिको काभ्रेपलाञ्चोक जिल्लाका १७ गाबिसलाई काभ्रे कोशिपारी भनिन्छ । जस्मा दोललघाट, भुम्लुटार, फलाटे, सल्लेभुम्लु, सापिङ, चौबास, शिबालय, गोठपानि, पोखरी चौरि, कात्तिके देउराली, बिर्ता देउराली, मादन कुडारी, माझिफेदा, सिम्थली, बेखसिम्ले, सानोबाङ्गथली र नाग्रे गगर्चे गाबिस पर्दछ । राजधानि संगै जोडिएको जिल्ला भए पनि यि गाबिसहरु नेपालका दुर्गम जिल्लाका गाबिसहरु जस्तै अबिकसित अबस्थामा छन । यहाँका अधिकांस जनता परम्परागत कृषि पेशामा आधारित छन । पछिल्लो समयमा केहि सुधार भएता पनि यस कोशिपारी क्षेत्रमा स्वास्थे, शिक्षा, रोजगार, सडक, बिजुली, खानेपानि जस्ता बिकासका पुर्बधारहरु पर्याप्त मात्रमा हुन सकेका छैनन ।
काठमाण्डौ बाट नजिकै भएर पनि नेपालको दुर्गम जिल्ला हुम्ला, जुम्लाको भन्दा पनि नाजुक अबस्था रहेको सत्र गाबिस प्राकृतिक सौन्दर्यता भएता पनि बिकासको दृष्टिकोणले निकै पछि परेको छ । बेलाबेलामा बिकासको योजनाहरु आए पनि सम्बन्धित निकायको कमजोरीका कारण कोशिपारीका गाबिसहरु अझै पनि बिकासोन्मुख गाबिसको रुपमा रहेको छ । कोशिपारि क्षेत्रबाट धेरै ब्यक्तीहरुले राजनैतिक नेतृत्व गरे धेरैले यो गर्छु र त्यो गर्छुको भाषण गरे तर बिकाशको नाममा भुपु श्रम तथा यातायात मन्त्री गोबिन्द नाथ उप्रतीले आफु मन्त्री हुँदा शुरुवात गर्दिएको कच्ची बाटो, कतै कतै महिनामा १५ दिन नबल्ने बिजुली बत्ती, चार पाँचवटा उच्च माध्यामिक बिद्यालय रहेको छ ।
कोशिपारी क्षेत्रको प्रतिनिधीत्व गरेर गएका ब्यक्ती राजेन्द्र खरेल शिक्षा मन्त्री भए तै पनि शिक्षाको गुनस्तरमा खासै परिबर्तन अएन । त्यसै ठाउको प्रतिनिधीत्व गरेर जाने थुप्रै नेताहरु कमान सिंह लामा, बिदुर सापकोटा, तेज बहादुर मिजार, सुर्यमान दोङ लगायत हालका सांसद तिर्थ लामा राष्ट्रको जिम्मेवार ठाउमा पुग्दा पनि कसैले कोशिपारिको बारेमा सोच्ने गरेको देखिदैन । कोशिपारीका जनतालाई भोट बैकको रुपमा मात्र प्रयोग गर्न पल्केका नेताहरुको लापारबाहीका कारण आज कोशिपारीका जनताले दुख भोग्न परेको छ ।
कोशिपारीको एक मात्र यातयात सेवा अरनिको यातायत सेवा समिति अन्तर्गत कोशीपारि यातयात सञ्चालनमा आएको पनि बषौं भईसकेको छ । यही बाटो हँुदै कोशीपारीका १७ गाबिस लगायत सिन्धुपाल्चोक जिल्लाका केही गाबिस र रामेछाप जिल्लाको लखनपुर, गुँरासे, रिष्ठे, गौसार, सैलुङ, डोरखानी लगायतका थुप्रै गाउहरुमा यिनै यातयातका साधनहरुले यात्रुहरुलाई सुबिधा दिदै अएको छ । एक तर्फिमात्र सवारी गुडन सक्ने कच्चि सडक ठाउँ ठाउमा खाल्टा खुल्टि उकालो उरालो बाटो अनि हल्का मात्र बर्षा हुँदा पनि यातायात चल्न नसक्ने अबस्था छ । थोरै सवारी साधान धेरै प्यासेन्जर त्यसमा पनि अटिनअटि सामान हालेर सवारी चलाउदा यात्रुहरुले धेरै जोखिम मोलेर यात्रा गर्नु परेको छ भने अत्याधिक चापको कारण धेरै दुर्घटना हुने गरेको छ ।
दुर्घटनाको कारण अहिले सम्म धेरैको ज्यान पनि गैसकेको छ तर समबन्धित निकायले त्यो बाटोको लागी कुनै चासो दिएको देखिदैन । हिउदको समयमा थोरै बजेट लगानी गर्दै टालटुल गर्ने गरेता पनि जब बर्षायाम शुरु हुन्छ तब ति हिउँदमा गरेको सबै मेहनत पानिले बगाएर लाने हुँदा फेरी अर्काे बर्ष जस्ताको तस्तैै हुने गरेको छ । यसरी हरेक बर्ष केही बजेट बाटोको नाममा खर्चिने तर दिगो योजना तिर सम्बन्धित निकाय र कोशिपारी यातायात समितिले समेत ध्यान दिन नसक्दा आर्थिक बर्षको बजेट बालुवामा पानि भईरहेको छ । जति सकिन्छ पक्की बाटो बनाउने एक पटक निर्माण भएपछि लामो समय सम्म ढुक्क हुने तर्फ लागौं भन्ने तर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
कोशिपारीलाई नेपाल सरकार यस क्षेत्रका जनताका प्रतिनिधीत्व गर्ने नेताहरुले समयमा बुझ्ने हो भने यस क्षेत्रको बिकास संगै धेरै मात्रमा राष्ट्रलाई फाईदाको सम्भाबना पनि छ । कोशिपारी क्षेत्रको बिकास हुनु भनेको राष्ट्रको ढुकुटी भरिनु हो । तर राष्ट्र र सम्बन्धित निकाय संगै यस क्षेत्रका नेताहरुले यस बिषयमा ध्यान दिन सकेका छैनन । सबै आ आफ्नै काममा ब्यस्त छन कोशिपारीका जनताको दुखमा साथ दिने खालको ब्यक्ती अझै कोशिपारीका जनताले पाउन सकेका छैनन । समय बदलिदै गएको छ तर कोशिपारीका जनताको जिबन स्तर बदलिन सकेको छैन ।
हिउँदमा धुलो उडने सडकमा मान्छेको अनुहार चिन्न नसकिने गरि यात्रा गर्नु परेको छ भने बर्षादको समयमा त्यही कच्चि सडक पनि पानिले बिगारेर कोशिपारिका जनता पैदल हिडन बाध्य हुन्छन । यसरी राजधानी संग जोडिएको काभ्रेको कोशिपारीका जनताले सधैं दुख खेप्न पर्दा त्यस क्षेत्रको प्रतिनिधीत्व गरेर राष्ट्रको जिम्मेवार तहमा पुगेका नेता मन्त्री लगायत सम्बन्धित निकायलाई किन लाज लाग्दैन ? के कोशिपारीका जनता काभ्रेली जनता हैनन ? यदी काभ्रेली जनता हुन भने कोशिपारीका १७ गाबिसलाई अहिले सम्म बत्तीमुनिको अध्यारोमा किन राखियो ? यस तर्फ सबैको ध्यान जान जरुरी छ ।

बिकासका दृष्टीकोणले अति दुर्गम जिल्लाका गाबिसहरु भन्दा पनि पछि परेको कोशिपारीलाई आगमी दिनहरुमा बिकास संगै निकास दिनका लागी कोशिपारीका जनता एकजुट हुन जरुरी छ । अब यस क्षेत्रका जनताले यो पार्टि र उ पार्टि, यो जात र त्यो जात, यो धर्म र त्यो धर्म भनेर हैन हामी कोशिपारीका जनता एक हौं भन्ने मनसाय बनाएर आफ्नो ठाउको बिकासको लागी संघर्ष गर्न जरुरी छ । सम्बन्धित ठाउ सम्म गएर हाम्रो कोशिपारी किन पछि परेको छ खोज्न जरुरी छ । नत्र हाम्रा पुर्खाहरुले झै हामीले पनि सबै बिकासका पुर्बधारबाट बञ्चित हुने निश्चित छ ।
अब यस कोशिपारी क्षेत्रलाई सुबिधा सम्पन्न बनाउनका लागी कोशिपारीका जनताले आफ्नो गाउँ आफै बनाउ भन्ने बेला आएको छ । सबै भन्दा पहिला कोशिपारीको बाटोलाई टालटुल र ढुङ्गा छाप्ने, ग्राबेल गर्ने जस्ता काम गर्ने तिर हैन जति सकिन्छ पक्कि बाटो बनाउनको लागी सम्बन्धित निकाय, ब्यक्ती, समुदाय संग खबरदारी गर्दै अगाडी बढनुको बिकल्प छैन । प्राकृतिक सम्पदाको जगेर्ना गरौं, पर्यटकिय क्षेत्र कोशिपारी काभ्रेलाई तन मन बचनले सहयोग र समथर्न गर्दै युबा शक्ती अगाडी बढौं । तसर्थ कोशिपारीको बिकासका लागी आजैबाट हामी सबै जागरुक बनौ हातमा हात काधमा काध गर्दै कोशिपारीको १७ गाबिसलाई नमुना गाबिसको रुपमा परिचीत गराऔं । आफ्नो ठाउँ बिकास भए मात्र हामी बिकसीत हुन्छौं भन्ने मनन गरौं ।

No comments