बिमलको आक्रोश : ‘मेरी बहिनीको हत्यारा खोई ? देशको लागि लडे,अब बहिनीको लागि लड्छु’ ? भिडियो हेर्नुस
Harek Samachar
4:02 AM
0
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनीषाको मृत्यु प्रकरणमा दोषी शंका गरिएका उनका प्रेमी अशिषको पोलिग्राफ परीक्षण गर्दा उनले झुठो नबोलेको प्रतिबेदन आएको छ।
पोलिग्राफ परीक्षणमा झुट बोल्दा शरीरमा उत्पन्न हुने तरंग नेगेटिभ देखिएपछि उनी झुठो नबोलेको भन्ने पुष्टि हुने परीक्षणमा संलग्न अधिकारीहरुले बताएका छन्। पाँच घण्टा लगाएर गरेको पोग्राफमा आशिषलाई ११ प्रश्न सोधिएको थियो । उनले दिएका जवाफ साँचो रहेको ठहर पोलिग्राफ रिपोर्टमा छ।
सबैको चासोको बिषय बनेको मनीषा घर्तीमगरको मृत्यु प्रकरण अझै अन्योलमा छ । अञ्चल प्रहरी प्रमुख शेर बहादुर बस्नेतका अनुसार पासोको लागि प्रयोग गरिएको सल आशिषकै हुनु, घटना हुने दिन मनीषासँग झगडा गर्नु, पिट्नु लगायतका आधारमा हत्यामा प्रेमीकै संलग्नता संका गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक राजेन्द्र चौधरीले अनुसन्धानको एक तिहाइ काम मात्र सकिएको बताए। उनले रगतको नमूना र घटनास्थलबाट बरामत गरिएका सामानहरु पनि परीक्षणकालागि काठमाण्डौं पठाइएको र त्यसको परीक्षण प्रतिबेदन आउन बाँकी रहेको बताए।
बिमलको आक्रोश – बहिनी को हत्यारा कारबाही नभए देश को लागि के गर्नु ? भिडियो हेर्नुहोस…

No comments