५ महिनाभित्र ५ हजार कामदार कोरिया जाँदै
Harek Samachar
9:29 PM
0

ईपीएस कोरिया शाखाका अनुसार सन् २०१६को मे १७ सम्म कोरिया जानयोग्य सूची रोस्टरमा रहेका मध्ये ५ हजार १ सय ६१ नेपाली कामदारको श्रम सम्झौता प्राप्त भएको छ ।
वर्षमा ५ हजार ८ देखि ६ हजारसम्म नेपाली कामदार जान्छन्, तर यो वर्षको ५ महिना नपुग्दै ठूलो संख्यामा कामदारको श्रम सम्झौता भएको छ ।
इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले छोटो समयमै नेपाली कामदारलाई बढी श्रम सम्झौता दिनु भनेको कारियाले बढी प्राथमिकतामा राखेको बुझिएको जनाए ।
उनले नेपालको निरन्तर पहलका करण यो सम्भव भएको बताए । सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । कारोबार दैनिकमा समाचार छ।
No comments