Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:51 PM 0

नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीले प्रहरीलाई दिएको वयान अनलाइनखबरले फेला पारेको छ । शुक्रबार बिहान नवलपरासीस्थित आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएकी थिइन् । घटनापछि पक्राउ परेका मनिषाका प्रेमी आशिष चौधरी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले मनिषालाई थप्पड हानेको तर नमारेको प्रहरीसमक्ष वयान दिएका छन् । साथै उनले भुण्डिएकी मनिषाको घाँटीको डोरी आफूले खुस्काइदिएको प्रहरीलाई बताएका छन् ।

चौधरीले प्रहरीलाई दिएको वयानको सार यस्तो छः 
मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो । मैले मनिषाको हत्या गरेको होइन । हो, म बिहीबार राति मनिषाको घर गएको थिएँ । मलाई मनिषाले बोलाएकी थिई । मलाई मेरो मोटरसाइकलमा साथी निर्मल रायमाझीले उसको घरनजिकै  छोडिदिएको थियो । म उसको घर जाँदा रक्सी खाएर गएको थिएँ । मनिषाले रक्सी खाएको थाहा पाएपछि सधै रक्सी खान्छौँ, किन रक्सी खाएर आएको भनेर प्रश्न गरी । बिहीवार बिहान मनिषा साथीसँग घुम्न गएका बेला मैले फोन गरेर कहाँ घुम्न गएकी, कसलाई भेट्न गएकी चाँडै घर फर्की भनेको थिएँ । त्यही विषयमा हाम्रो झगडा सुरु भयो ।
मनिषाले मलाई आफ्नो अन्डरमा किन राख्न खोजेको भनी । मैले मेरो सिमकार्ड र गिफ्टहरु फिर्ता देउ,  म पनि तिम्रा गिफ्टहरु दिन्छु भनें । झगडा हुदाँहुदै मनिषाले मलाई एक थप्पड हानी । र, मैले पनि उसलाई थप्पड हानें । अनि मैले कोठामा राखिएको सोकेसमा हातले हानें । सिसाले मेरो हात काट्यो र हातबाट रगत चुहिन थाल्यो ।
त्यसको केहीबेरपछि मनिषाले मोवाइलमा फेसबुक चलाउन थाली । म घर जान्छु भनेर घरबाट निस्कें । तर, म गइँन र घर बाहिरको बरन्डामा बसें । र, त्यहीँ निदाएँ । राति म ब्युँझिएर फेरि घरभित्र जाँदा मनिषाको शरीर झुण्डिएको अवस्थामा देखेेपछि मैले उसको शरीरलाई तल झारेर राखें ।
मनिषा मरी भनेर म निकै डराइसकेको थिएँ । त्यसपछि हतार-हतार आफ्नो घरतिर गएँ । बिहानको समयमा तपाईहरु (प्रहरी) ले पक्राउ गरेर मलाई यहाँ ल्याउनुभयो । मनिषाको मृत्यु कसरी भयो, मलाई थाहा छैन । यदि मैले मनिषाको हत्या गरेको भए म घरमा बस्ने थिइँन, घरबाट भाग्ने थिएँ होला । मैले मनिषाको हत्या नगरेका कारण म घरमै बसें । मैले हत्या गरेकै होइन । कसरी मृत्यु भयो, मलाई थाहा छैन

             

«
Next
»
Previous

No comments

Leave a Reply