भारतीय चर्चित गायक सोनु निगमले आफ्नो भेषभूषा बदलेर सडकको छेउमा बसेर गीत गाउदा कसैले चिनेनन् ( भिडियो हेर्नुस )
Harek Samachar
1:41 AM
0
मुम्बईको एक सडक छेउ । छेउमा बोरा ओछ्याएको । बोरामाथि सेत्तै कपाल र दाह्री फुलेका बुढो व्यक्ति । जो हार्मोनियम बजाएर गित गाउँदै छन् । सडक वारपार गर्नेले कुनै सडकछाप बस्यो भनेर त्यति ध्यान दिँदैनन् गीत गाइरहेका बुढा र गरिब जस्ता देखिने ती व्यक्तिको छेउमा एक जना युवक आउँछन् । उनको ती बुढा व्यक्तिको गलाको प्रशंसा गर्छन । अनि आफ्नो मोबाइलमा गीत रेकर्ड गराउँछन् । उनले ती गरिब बुढासँग हात मिलाइउन इच्छा देखाउँछन् । अनि ती बुढा व्यक्ति हात मिलाएर जुरुक्क उठेर त्यहाँबाट हिँड्छन् ।
ती गरिब देखिने बुढा व्यक्ति को हुन् ? कहाँबाट आए ? कसैले चिन्दैनन् । सडकको छेउमा बसेर त्यसरी गीत गाउने अरु कोही नभएर भारतीय गायक सोनु निगम हुन् । उनले आफ्नो भेषभूषा बदलेर साधारण नागरिकसम्म पुग्ने प्रयास गरेको बताएका छन् । सोनु निगमको यो भिडियो इन्टरनेटमा भाइरल बनेको छ ।
भिडियोमा सफलता पाउने दौडमा मानिसले आफ्ना छेउछाउमा भएका खुसीलाई बिर्सने कुरालाई दर्शाउन खोजिएको छ । सडकपेटिकामा गएर गीत गाउँदा आफूले निकै आनन्द महशुस गरेको गायक सोनु निगमले बताएका छन् ।

No comments