Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:33 AM 0

दुर्गम जिल्ला कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका चेपाङ मजदुरहरुका आफन्तजनहरुले धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका छन् । जोगीमारा बाट बिहीवार सदरमुकाम पुगेका १४ जना मृतकका परिवारजनले आवश्यक कारबाही लागि तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल, तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध उजूरी दर्ता गराएका हुन् ।
द्वन्द्वकालमा अछाम सदरमुकाम मंगलसेन आक्रमणपछि भागेर आएका माओवादी लुकेको आशंकामा सेनाको कारबाहीमा २०५८ फागुन ११ गते ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।
‘घटनाबिरुद्ध हामीले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन । न्याय नपाएपछि पुन: सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेका हौं’, उक्त घटनामा मारिएका जोगीमारा–५ हेकराङ्गका ६० वर्षीय तिलु चेपाङका छोरा गोविन्द चेपाङले भने गोविन्दका अनुसार थप ३ जनाका आफन्तजनहरु पनि उजुरीका लागि आउदैं छन् ।
उजूरी दिने १४ परिवारहरुमा कुम्ले, सानुकान्छा, तिलु, डिला चेपाङ लगायत १४ घर चेपाङका विष्णु , वुद्धिवीर, गोविन्दलगायतले उजुरी दर्ता गराएका हुन् । पीडितहरुले हालसम्म सरकारबाट ५ लाख रुपैयाँ राहत रकम पाएका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply