बहिनीको मृत्युपछि बेल्जियमबाट राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिमगर नेपाल फर्किए ,टिचिङ हस्पिटलमा पोस्टमार्टमको तयारी - भिडियो सहित
Harek Samachar
12:04 AM
0
बहिनीको शंकास्पद मृत्युपछि बेल्जियममा रहेका राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार काठमाडौं आइपुगेका छन् । शुक्रबार बिहान ११ बजे एयरपोर्टबाट सिधै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्। विमलले ‘अन्तिमपटक बहिनीको अनुहार हेर्ने’ बताएपछि पोस्टमार्टमको समय सारिएको छ।

यति बेला टिचिङ अस्पतालमा मनिषाकी आमासहित आफन्तहरु, विमलका खेलाडी साथी, शुभचिन्तकहरुको भिड लागेको छ। १३ वर्षको उमेरदेखि नै एन्फा एकेडेमी (बुटवल) बाट खेल्न थालेका विमलका बुवा छैनन्। प्रहरीमा काम गर्ने उनका बुबाको दुर्घटनामा मृत्यु भएको थियो। घरमा आमा र बहिनीमात्रै थिए।
No comments