ल्याटिन अमेरिकी देश इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ
Harek Samachar
2:50 AM
0
जेठ ५ – इक्वेडरमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । इक्वेडरको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
नेपाली समय अनुसार बुधबार दिउँसो एक बजेर ४१ मिनेटमा गएको भूकम्पका कारण भएको क्षतिको विवरण भने आएको छैन । इक्वेडरमा गएको अप्रिल १६ मा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा ६ सय भन्दा धेरैको ज्यान गएको थियो ।
त्यो भूकम्पका कारण २५ सय जना घाइते भएका थिए । बुधबार गएको भूकम्प त्यसकै परकम्प हो । यो भूकम्पको केन्द्रविन्दू रोसा जाराटेबाट ३४ किलोमिटर तथा माुएस्नेबाट ३५ किलोमिटर टाढा छ । यी तटीय शहरमा अप्रिलमा गएको भूकम्पले धेरै क्षति गरेको थियो ।
No comments