Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:23 AM 0

जापानका प्रमुख कम्पनीहरुले विदेशी कामदारहरुका लागि स्थायी काम दिने भएका छन् । त्यसैमध्येको एक प्रसिद्ध कोम्विनी स्टोर लसनले १० देअि ३० प्रतिशतसम्म विदेशी कामदारलाई रोजगारी उपलब्ध गराउँदै आएको छ । यस्तै फोचित्सु र हिटाची लगायतका ठूला कम्पनीहरुले पनि विदेशी कामदारहरुलाई प्राथमिकता दिने भएका छन् । यी कम्पनीहरुले यसै वर्षभित्र थप १० प्रतिशत कामदार विदेशी राख्ने भएका छन् ।

 जापानको श्रम बजारमा कामदारहरुको अभाव बढ्दै गएपछि त्यसको परिपूर्तिका लागि विदेशी कामदार राख्नुको विकल्प नभएको लसनका एक सञ्चालकले बताए । जापानमा बढ्दै गएको विविधता र विदेशी नागरिकहरुको बढ्दो संख्याका कारण पनि विदेशी कामदार राख्नपरेको कम्पनीहरुको भनाइ छ । यसबाट जापानको पर्यटन क्षेत्र पनि लाभान्वित हुने उनीहरु बताउँछन् ।

योसँगै जापानका कम्पनीहरुले विदेशी कामदारहरुबाट अझ बढी कसरी लिन सकिन्छ ? भन्नेबारे पनि अध्ययन शुरु गरेका छन् । यसक्रममा कम्पनीहरुले कामको नीति र तलवमा समेत समय सापेक्षा हेरफेर गर्ने तयारी गरेका छन् । लसनले यो वर्ष १०० जनामा १६ जना विदेशी कामदारलाई स्थायी रोजगारी दिएका छन् । सन् २०१७ मा यो प्रतिशत अझ बढाउँने उसको योजना छ । 

यता फुचित्सु कम्पनीले पनि अर्को वर्ष ५०० जना नयाँ कामदार लिए कम्तीमा ५० जना विदेशी कामदारलाई लिने योजना सार्वजनिक गरिसकेको छ । यस्तै जेएक्स निप्पोन आयलले पनि विदेशी कामदारलाई प्राथमिकता दिने उद्घोष गरेको छ । कस्मेटिक कम्पनी शिसेदो कम्पनीले पनि यो वर्ष ८ प्रतिशत विदेशी कामदारलाई रोजगारी प्रदान गरेको छ । क्योदो न्यूजले गरेको सर्वे अनुसार जापानका प्रमुख कम्पनीहरुले १३ देखि २८ प्रतिशतसम्म विदेशी कामदार राख्ने इच्छा देखाएका छन् । ती कम्पनीहरु उद्योग,रसायन,खुद्रा र विमासँग सम्बन्धित छन् ।

त्यसरी रोजगार पाउँने विदेशी कामदारहरुमा अधिकांश विश्वविद्यालयका विद्यार्थीहरु रहेका छन् । जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्या बढ्सँगै विदेशी कामदारको संख्या पनि बढ्दै गएको क्योदो न्यूजले जनाएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply