गुडियामा लुकाएर चरेश तस्करी !
Harek Samachar
7:57 AM
0

लागु औषध तस्करीमा नयाँ नयाँ प्रयोग हुन थालेको छ । स्याम्पुको बट्टामा झोल कोकिन बरामद भएको घटना सेलाउन नपाउँदै गुडियामा चरेश लुकाएर विदेश पठाउन खोज्दा प्रहरलिे पक्राउ परेको छ ।
चरेश नेदरल्याण्ड पठाउन खोज्ने नुवाकोट घर भई हाल नयाँ बजार बस्ने ३७ वर्षका श्रीजन भन्ने तुलबहादुर तामाङ पक्राउ परेका छन् । उनी हालै तीन वर्ष सिंगापुर बसेर नेपाल आएका थिए ।
गत माघमा ठमेलमा जेन्सी नाम गरेका नेदरल्याण्डका नागरिकसँग भेट भएपछि उनी लागु औषध कारोबारीमा लागे । उनले चैत ४ गते ठमेलको एरिन इन्टरप्राइजेजबाट नेदरल्याण्डका नागरिक पिटर गुरबेरको नाममा उलनका कपडाबाट बनेका गुडियाहरु पठाउन खोजेका थिए ।
तर, कुरियर सञ्चालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चेकजाँच गर्ने क्राममा गुडियामा लुकाएर साना साना टुक्रा बनाएर राखेको ३ केजी ५०० ग्राम चरेश भेटिएको छ ।
No comments