Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 11:14 PM 0


नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले बुधबार भक्तपुरको नगरकोटमा सन् २०१६ को पहिलो खग्रास सूर्यग्रहण अवलोकन कार्यक्रम आयोजना गरेको छ । खग्रास सूर्यग्रहण चार मिनेट ९ सेकेन्डसम्म थियो जसका कारण पूरै अन्धकार भयो । यो दृष्य इन्डोनेसिया, म्यानमार लगायतका समुद्री तटबाट मात्र देखिएको थियो ।

नेपालबाट भने खण्डग्रास सूर्यग्रहणमात्रै देखिएको थियो । नेपालमा ५ बजेर ५७ मिनेटमा सुरु भएको खण्डग्रास सूर्यग्रहण ७ बजेर २ मिनेटमा सकिएको थियो । तर, नेपालमा सूर्योदय भएको समय ६ बजेर २२ मिनेटदेखि मात्रै सूर्यग्रहण देखिएको थियो । नगरकोटबाट खण्डग्रास सूर्यग्रहण हेर्न स्वदेशी र विदेशीसमेत गरी २५-३० जना व्यक्ति आएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनकाअनुसार सूर्यग्रहण हेर्न चितवनबाट समेत मानिसहरु आएका थिए ।

‘सँधै सूर्योदयको दृष्य हेर्न भिडभाड हुने नगरकोटमा आज भने कम व्यक्ति आए । कतिपयलाई सूर्यग्रहण हेर्नु हुँदैन भन्ने भ्रम रहेकाले पनि यस्तो हुनसक्छ,’ भट्टराईले भने । भट्टराईका अनुसार सूर्यग्रहण नांगो आँखाले हेर्नु भने हुँदैन । नांगो आँखाले सूर्यग्रहण हेर्दा अन्धोपन हुनसक्ने खतरा हुन्छ । त्यसैले यो दुर्लभ खगोलिय घटना अवलोकन गर्न नगरकोटमा विशेष प्रकारको टेलिस्कोप र चस्मा प्रयोग गरिएको थियो ।

                                                    

«
Next
»
Previous

No comments

Leave a Reply