कबड्डी–कबड्डी युट्युबमा पाइरेसी भएर अाएपछि निर्माता निश्चिल बस्नेतको अपिल ( भिडियोसहित )
Harek Samachar
1:51 AM
0
नायक तथा निर्माता निश्चल बस्नेतले आफूले बनाएको चलचित्र कबड्डी–कबड्डी युट्युबमा सार्वजनिक भएपछि पाइरेसी नगर्न भन्दै अपिल गरेका छन् ।

बस्नेत प्रमुख कार्यकारी निर्माता रहेको कबड्डी–कबड्डीलाई हङकङमा बस्ने कसैले आइतबार बिहान युट्युबमा राखिदिएको थियो र त्यसको लिंक सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । झण्डै ५० हजारले हेरेपछि युट्युबले कबड्डी–कबड्डीलाई हटाइ सकेको छ । अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्ने तयारी भइरहेको बेला कबड्डी–कबड्डी युट्युबमार्फत सार्वजनिक भएको हो ।
नेपालका सिनेमा हलहरुमा चार महिना अघि नै प्रदर्शन भएको कबड्डी–कबड्डीलाई हङकङ, दुबई र अमेरिकामा प्रदर्शन गर्ने तयारी भइरहेको छ । दयाहाङ राई, निश्चल बस्नेत, रेश्मा गुरुङको अभिनय रहेको कबड्डीको सिक्वेलका रुपमा बनेको कबड्डी–कबड्डीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

No comments