१६ घण्टा २४ मिनेटसम्म दुवईको एउटा विमान आकाशमा उडेर अहिले सम्मकै सबै भन्दा बढी आकाशमा उडेर रेकर्ड कायम गर्यो { भिडियो हेर्नुहोस }
दुबईको इमिरेट्स एयरको एक विमानले अहिलेसम्मकै लामो दूरीको यात्रा तय गरेको छ । इमिरेट्स एयरको एयरबस ए ३८० जेट विमानले कुनै पनि ठाउँमा नरोकिइ १४ हजार दुई सय किलोमिटरको दूरी तय गरेको हो । यो अहिलेसम्म कुनै पनि विमानले एकै पटकमा तय गरेको सबैभन्दा लामो दूरी रहेको न्युजिल्याण्डका अधिकारीले बताएका छन् । एयरबस ए ३८० ले न्युजिल्याण्डको अकल्याण्डबाट दुबईसम्मको यात्रा एकै उडानमा पूरा गरेको हो ।

यो व्यवसायीक उडानको क्रममा अहिलेसम्मकै लामो उडान गरेको हो । यो विमानलाई अकल्याण्डबाट दुबई पुग्न १७ घण्टा १५ मिनेट लाग्ने अनुमान गरिएको थियो । तर अनुमान गरिए भन्दा झण्डै एक घण्टा छिटो विमान दुबई पुगेको हो । विमानले १६ घण्टा २४ मिनेटको यात्रा एकै उडानमा तय गरेको हो । विमानले प्रयोग गरेको नयाँ उडान रुटले अहिले लाग्ने गरेको उडान समय तीन घण्टासम्म कम हुनेछ ।
यसअघि सबै भन्दा लामो दूरी उडानको कीर्तिमान अस्ट्रेलियाको क्वान्टस एयरको अमेरिका टेक्ससको डालसबाट सिड्टीसम्मको यात्रा एकै उडमानमा तय गरेको थियो । क्वान्टसको विमानले १३ हजार ८ सय किलोमिटरको दूरी १६ घण्टा ५५ मिनेटमा पूरा गरेको थियो । अहिले इमिरेट्स एयरले यो कीर्तिमान तोडेको छ । यो महिनापछि दबईबाट पानामा शहरसम्मको दूरी एकै उडानमा पूरा गर्ने तयारी गरिएको इमिरेट्स एयरले जनाएको छ । यो यात्रा पूरा गर्न १७ घण्टा ३५ मिनेटको विमान लगातार उड्नु पर्नेछ । सिंगापुरको एक एयरलाइन्सले सिंगापुरबाट अमेरिकाको न्युजर्सीसम्मको १९ घण्टाको यात्रा एक उडानमा गर्ने गरी सेवा सुरु गर्न लागेको जनाएको छ । यो सेवा सन् २०१८ देखि सुरु हुने एयरलाइन्सले जनाएको छ ।
भिडियो हेर्नुहोस
No comments