Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:39 PM 0

 बडी बिल्डीङ चानचुने खेल होइन ,यसका लागि लामो त्याग र तपस्याको आवश्यकता पर्छ। त्यसमाथि पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अनि महिला प्रतियोगी र पदक। नेपाली खेलक्षेत्रका लागि यो लगभग असम्भव सरह नै हो। तर बिदेशमा उच्च अध्यनमा आएकी एक नेपाली चेलीले फिजिकल फीटनेशको अन्तर्राट्रिय स्पर्धामा दुई स्वर्ण पदक जितेर तहल्का मच्चाएकी छिन्।


खेलक्षेत्रको फरक विधाका रुपमा परिचित फिजिकल फीटनेश र बडिबिल्डीङमा नेपाली मुलकी प्रकृती श्रेष्ठले मेलवर्नमा भिन्न स्पर्धामा दुई स्वर्ण पदक जितेकी छिन्। अस्ट्रेलियाको मेलवर्नमा सन्चालित आएनबीए राइजिङ स्टार एन्ड रोक्की अफ दी इयर नामक फीटनेश प्रतिस्पर्धामा श्रेष्ठले सफलता हात पारेकी हुन।

सीड्नीमा बसोबास गर्दै आएरहेकी प्रकृतीले अर्का नेपाली नेचुरल बडिबील्डर सन्तोष श्रेष्ठको प्रशिक्षण र सहयोगमा प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । अस्ट्रेलियाको सन्चारक्षेत्रमा पछिल्लो एक दशकदेखि कार्यरत प्रकृती श्रेष्ठले लक्ष्य लिएर अगाडि बढे सफलता हात पार्न सकीने कुरा बताइन्।

‘प्रवासमा नेपाली महिलाहरू पनि खेलक्षेत्रको माध्यमबाट अगाडि बढ्न सक्छन भन्ने कुराको यो गतिलो उदाहरण हो,’ सिड्नीका पुराना फुटबलर राजु मानन्धरले भने, ‘प्रकृतीको यो सफलतालाई नेपाली समाजले एउटा उदाहरणको रुपमा लिनुपर्छ।



«
Next
»
Previous

No comments

Leave a Reply