Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:16 PM 0


गत फ्रेब्रुवरी १४ मा संयुक्त अरब इमिरेट्स (युएई)मा आयेजीत सम्पन्न भ्यालेन्टाइन नाइट्स साँस्कृतिक  कार्यक्रमका लागि ‘भिजिट भिसा’मा लगेका मध्ये सबै कलाकार नभएको खुलासा भएको छ । कार्यक्रमका लागि आयोजकले चारजना कलाकारसँगै अन्य ६ जना नेपालीका लागि भिसा निकालेको प्रमाण फेला परेको छ । ६ जना युवतीलाई दुतावासले भिसाका लागि सिफारिस गरेको पत्रमा ‘गायिका’ तथा ‘डान्सर भनिएको छ ।

दुबई पुगेका ति व्यक्तिसँग एकजना बाहेक अन्यसँग प्रतिव्यक्ति ३ लाख लिइएको र एकजनासँग १ लाख ५० हजार लिइएको पीडितले जनाएका छन् । युएई पुगेका मध्ये हाल युएईमा रोजगारीको खोजिमा स्थानीय नेपालीहरुसँग सहयोग मागिरहेको बुझीएको छ । नेपाली युवतीले आयोजकलाई मोटो रकम दिएर युएई पुगेको खुलेको छ । यसरी युएईपुग्नेमा रिता भट्टराइ शर्मा, धिरेन्द्र मिमिरे, सानुमाया तामाङ्, लिलामाया आले, बिध्या भण्डारी र प्रमिला तिवारी शाही रहेका छन् ।
Val_UAE_3
कार्यक्रमको आयोजक संस्था ‘क्रिएटिभ युथ’ रहेको थियो । कार्यक्रमका लागि आयोजकको तर्फबाट महेश गिरी र समिम खानले दुबईमा कलाकार ल्याउनको लागि युएईस्थीत नेपाली दुताबासबाट अनुमति लिएका थिए । गिरी एमाले निकट प्रबासी मञ्च युएईका उपाध्यक्ष समेत हुन् ।
आयोजकले युवतीहरुको फोटो समेत भएको नक्कली पोस्टर प्रयोग गरेको छ । दुबईलाई ट्रान्जिट बनाएर विश्वका बिभिन्न देशहरुमा मानव तस्करी हुने गरेकोले नेपाल सरकारले युएई सहितका खाडी राष्ट्रमा भिजिट भिसामा केहि समययता कडाइ गरेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply