यहि घरमा आज बेलायती राजकुमार ह्यारीले रात बिताउँदै छन् । किन यो घरलाई एकरात बस्नलाई रोजे होला राजकुमारले { पुरा पढनुहोस }
Harek Samachar
12:44 AM
0
लमजुङको गौँडा–७, लेउरानीस्थित ८७ वर्षीया मंगली तामाङलाई निकै चटारो छ । बुढ्यौली उमेरमा उनी कोरीबाटी गरेर बसेकी छिन् । ‘सरकार साब आउने रे । ढिँडो र लोकल कुखुरा खुवाउने हो,’ उनले भनिन् । मंगलीकै घरमा बेलायती राजकुमार ह्यारीले रात बिताउने छन् । उनको खानपान र बसाईलाई आरामदायी बनाउन उनी बिहानैदेखि खटिएका छन् ।

ढुंगा र माटोले बनेको २ तले घर छानो टिनको बाहिर लुङदर फहराइएको छ । लमजुङको गौंडा ७, लेउरानीमा रहेको मंगली तामाङको घर हो यो । हो यहि घरमा आज बेलायती राजकुमार ह्यारीले रात बिताउँदै छन् । यही घरमा एक रात काट्न ह्यारी स्वयंले रोजेका हुन् । आफ्नो घरमा राजकुमार आउने भएपछि ८७ वर्षीया मंगली तामाङ मख्ख छिन् । मंगलीका श्रीमान बेलायती सेनाका सेवा निवृत्त गम्दु तामाङ हुन् । गम्दुको ३० वर्षअघि निधन भएको थियो ।
उनी सोमबार दिउँसो पौने ३ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत गौँडा–४, भीरकुनामा ओर्लिनेछन् । बेलायती भूपू सैनिकको २ वटा निर्माणाधिन घर हेरेपछि निर्माण हुँदै गरेको लालीगुराँस प्रावि हेरेर साँढे १ घण्टाको बाटो ट्रेकिङ गरी लेउरानी पुग्नेछन् । साँझ सूर्यास्त हेरेपछि स्थानीयले प्रदर्शनले गर्ने सँस्कृतिमा उनी रमाउने छन् । त्यसपछि मंगलीको परिवारसँगै खाना खाएर बास बस्नेछन् ।
मंगलबार बिहान उठेर सूर्योदय हेर्ने र त्यसपछि फेरी १ घण्टाको ट्रेकिङ गरेर गौँडा मावि ओखरीको निर्माणाधिन भवन हेर्ने कार्यक्रम छ । त्यसपछि विद्यार्थीसँग भलिबल खेल्ने र होली खेल्ने कार्यक्रम रहेको त्यसपछि दिउँसो उनी फर्कने कार्यक्रम रहेको छ ।
No comments