अर्चना पनेरु र निर्देशक गिरीको टोली नै पोखरामा सुटिंगस्पटबाटै पक्राउ...
Harek Samachar
1:23 AM
0
नायिका अर्चना पनेरु र चलचित्र निर्देशक राजु गिरि सहितको टोली पोखरामा सुटिगस्पट बाटै पक्राउ परेका छन | चलचित्रको निर्माण इजाजत बिनानै जिस्म सुटिंग गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो | जिस्म चलचित्रका विकास बोर्डमा दर्ता नभई सिधै सुटिंग स्पट गएकाले नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ |
प्रहरी नियन्त्रणमा पर्नेहरुमा निर्देशक गिरि सहित कलाकार सुरेन्द्र बुढा , उकेश पनेरु , अर्चना पनेरु लगाएत रहेका छन | उनीहरु सबैलाई वडा प्रहरी कार्यालयमा रामबजारमा राखिएको छ | पछिल्लो समय नग्न फोटो खिची सामाजिक संजालमा हाली चर्चा बटुलेकी अर्चना अहिले बिभिन्न मिउजिक भिडियोमा पनि छाएकी छिन |

No comments