Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:33 AM 0

विनय दोङ तामाङको छैटौ प्रस्तुति तामाङ भाषाको चलचित्र “मायाला म्हेन्दो ” फागुन २४ गते विहान १० बजे राष्ट्रिय नाचघर जमलमा विशेष च्यारिटी शो र प्रदर्शन हुने भएको छ । यो तामाङ भाषाको चलचित्र मायाला म्हेन्दोमा अहिलेको समासयिक माया प्रेम र गत बैशाख १२ गते गएको भुकम्पले दिएको दु:ख पिडालाई विशेष समेटिएको निर्देशक विनय दोङ तामाङ बताउनु भएको छ ।

यो चलचित्रलाई निर्देशन निर्देशक विनय दोङ तामाङले गर्नु भएको छ । निर्माता सुवास पाख्रिन रहेको छ । पटकथा संवाद पेशल दोङको रहेको छ ।गीत विशाल स्याङतानको र संगीत अमृत लामाको रहेको छ भने अमृत लामा, जगत घिसिङ, निर्मला घिसिङ, इंदिरा गोले र सुनिमाया मोक्तान को स्वर रहेको यस चलचित्रमा नृत्य बुद्ध लामा रहेको छ ।कलाकारहरु सुवास पाख्रिन,सुनिता लुङबा,रोशनी ब्लोन,छेवाङ गोले ,रोशन स्याङतान,मिलन स्याङतान.शाख स्याङतानको मुख्य भुमिका रहेको छ ।द्धन्द राजु किराँत र छायाँङ्कन महेन्द्र थापा रहेको छ ।विशेष सहयोगी मदनलाल तामाङ (मलेसिया) बाट गर्नु भएको छ ।



  


«
Next
»
Previous

No comments

Leave a Reply