Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 8:37 AM 0



अखिल नेपाल फुटबल संघ एन्फाले जापानी प्रशिक्षक ग्यातुकी कोजीलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी दिएको छ । यद्यपी औपचारिक सम्झौता हुन भने बाँकी छ । जापानी फुटबलको एस लाइसेन्स प्राप्त कोजीलाई एन्फाले राष्ट्रिय टिमको नयाँ प्रशिक्षको रुपमा जिम्मेवारी दिएको हो । जापानी फुटबल संघको अन्तराष्ट्रिय विभागको सिफारिस अनुसार कोजीलाई प्रशिक्षकको जिम्मेवारी दिईएको एन्फाले जनाएको छ ।

सम्झौताको औपचारिक प्रक्रिया दुई दिन भित्र पुरा गरिने एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताउनुभयो । कोजीलाई एक बर्षकालागि अनुबन्धन गर्न लागिएको तुलाधरको भनाई छ । नेपाली टिम सम्हाल्न कोजी हिजो मात्रै काठमाण्डौ आईपुगेको एन्फाले जनाएको छ । उनले बारामा जारी सिमरा गोल्डकप फुटबलमा नेपाली खेलाडीको प्रर्दशन हेर्नेछन् ।

जापानको राष्ट्रिय टिमका पुर्व खेलाडी कोजीले सन् २००८ देखी २००९ बीच भुटानी राष्ट्रिय टिमको प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा भुटानले २००८ को साफ च्याम्पियनसिपमा सेमिफाईनल सम्मको यात्रा तय गरेको थिए । 

«
Next
»
Previous

No comments

Leave a Reply