यूवा स्टारको कस्तो क्रेज, सलमान खानले जस्तै अनमोल केसीले ४ जना बडीगार्ड लिएर प्रहरीको स्कर्टिङ्गमा हल सम्म पुग्दा भिडियो सहित
Harek Samachar
7:15 AM
0
उनको आवगमनसँगै सिनेमाहलहरुमा कुनै विश्वविख्यात व्यक्तिलाई भन्दा कम थिएनन् उनलाई भेटन कुर्नेहरु । शनिबार करिब ११ बजेतिर अनमोल र भुवन सहितको टोली गोपीकृष्ण मुभिजमा पुगेका थिए, जहाँ निकै रोचक दृश्य देखियो ।
सिनेमा हलमा पहिले पुग्यो पुलिसको गाडी, त्यसपछि भुवन केसी चढेको गाडी अनि त्यसपछि लगातार दुईवटा गाडीको इन्ट्री, जसमध्ये निकै स्ट्यान्डर्ड कालो गाडीबाट टक्क उत्रिए अनमोल । त्यसपछि त के चाहियो र एकै क्षणमा भीडले उनलाई घेरी हाल्यो । प्रहरी र उनका पर्सनल चारजना बढीगार्डलाई पनि भीड पन्छाउन मुश्किल परेको थियो ।
विशेषत किशोरीहरुको ‘अनमोल आई लभ यु’, ‘आई एम डाई«ङ्ग फर यु’ जस्ता चिच्याहट सुन्दा उनी साच्चै स्टार हुन भन्ने कुरा पुष्टि भएको छ । अत्याधिक भीडको कारणले गर्दा अनमोल र उनको समुह गोपीकृष्ण हल परिसरमा मुश्किलले १० मिनेट मात्र बसे । त्यसपछि अष्टनारायण हलमा पुग्दा त्यहाँ पनि उनको उस्तै क्रेज देखियो ।

No comments