Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:52 AM 0

जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपाल दक्षिण कोरियासँग ४—२ ले जितेको छ ।कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न भएको खेलमा नेपालले सहज जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो ।
त्यसको दुई मिनेटमा नेपालको लागि आकास महत्तोले गोल गर्दै बराबरीमा ल्याएको थियो ।खेलेको १७ मिनेटमा कोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो हाफमा कोरिया २—१ ले अगाडि हुन पुग्यो । दोश्रो हाफको सुरुवातमै अमिर श्रेष्ठले मैदानको बीच भागबाटै प्रहार गरेको बलले जाली चुमेपछि बराबरी हुन पुग्यो । ५१ औं मिनेटमा अर्जुन सुब्बाले गोल गर्न सफल भए ।
७१ औं मिनेटमा अमिरको पासलाई प्रकास गिरीले सदुपयोग गर्दै सुन्दर गोल हुदा नेपाल ४—२ ले सहज जितेको हो । खेल अबधीभर बल नेपाली खेलाडीको पकडमा थियो । नेपालले यसअघि जापानलाई २—०ले हराएको थियो । अर्को खेल मार्च २४ मा फिलिपिन्ससँग हुदैछ ।  
प्रतियोगितामा नेपाल सहित जोर्डन, लेबनान, भारत, सिंगापुर, चीन, थाइल्याण्ड, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, कोरिया र जापानको सहभागी छ ।

«
Next
»
Previous

No comments

Leave a Reply