पोखरामा सात वटा प्याराग्लाइडर चालकसहित फेवातालमा खस्यो... भिडियो हेर्नुस्
Harek Samachar
1:23 AM
0
पोखरामा ठूलो हावाहुरी चलेपछि सराङकोटबाट उडेका सात वटा प्याराग्लाइडर चालकसहित फेवातालमा खसेको छ। पोखरामा भइरहेको प्याराग्लाइडिङसम्बन्धी प्रि वर्ल्डकपमा सहभागी हुन ३५ देशका १५० पाइलट यसमा सहभागी थिए।
त्यहाँ खटिएका नेपाल प्रहरीका ड्युटी अफिसरले मौसम खराब भई हुरी चलेका कारण अनियन्त्रित भई सात वटा
प्याराग्लाइडर खसेको र सबैलाई उद्दार गरिएको बताए।
स्थानीयले थप दुई वटा प्याराग्लाडर खसेको हुनसक्ने आशंका गरेका थिए। तर प्रहरीले भने सात वटा मात्रै खसेको र सबैलाई उद्दार गरेको बताएको हो।


No comments