किन हुन्छ आचानक विमान दुर्घटना ? यस्तो रहेछ कारण !
Harek Samachar
2:41 PM
0
छत्तिस बर्षसम्म नेपाली र विदेशी आकाशमा हवाइजहाज उडाएका डिएम अमात्य अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा शाखामा परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्छ ।
सन् १९६४ मा छात्रवृत्ति पाएर पाकिस्तानमा पाइलट अध्ययन पूरा गरी १९६७ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमबाट सेवा प्रवेश गरेका अमात्य सन् २००३ मा सेवा निवृत्त हुनुभयो । उहाँका अनुसार पहिलेको तुलनामा अहिले विमानस्थलको संरचना सुध्रिएको छ र सूचना प्रविधिको विकास पनि भएको छ तर हवाई दुर्घटना रोकिएको छैन । उहाँका अनुसार मौसमी कारण विमान दुर्घटना हुनुको पहिलो कारण हो ।
सन् १९६४ मा छात्रवृत्ति पाएर पाकिस्तानमा पाइलट अध्ययन पूरा गरी १९६७ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमबाट सेवा प्रवेश गरेका अमात्य सन् २००३ मा सेवा निवृत्त हुनुभयो । उहाँका अनुसार पहिलेको तुलनामा अहिले विमानस्थलको संरचना सुध्रिएको छ र सूचना प्रविधिको विकास पनि भएको छ तर हवाई दुर्घटना रोकिएको छैन । उहाँका अनुसार मौसमी कारण विमान दुर्घटना हुनुको पहिलो कारण हो ।
नेपालमा हवाईमार्गमा कस्तो मौसम छ भनेर पहिले नै पूर्वानुमान गरेर गर्ने यन्त्र छैन । सम्बन्धित विमानस्थल र अवतरण हुने विमानस्थल वरिपरिको मौसमी अवस्था कस्तो छ भनेर मात्र भन्न सक्छन् । तर इनरुटको मौसमी अवस्था बारे जानकारी दिने कुनै संयन्त्र छैन । अमात्य भन्नुहुन्छ ‘भिजिबिलिटी छ भने उड्ने हो, अनि भिजुअल फ्लाईट रुल (भिएफ्आर) हेर्ने हो ।
त्यसैकारण जोमसोम जस्तो २०/२२ मिनेटको छोटो दुरीमा पनि भिएफआर हेर्ने हो, राम्रो देखियो भने उडेर जाने हो ।’ उहाँका अनुसार दुर्घटनाको अर्को कारण हो पाइलटको लापरवाही । म राम्रो पाइलट हुँ, यत्ति घण्टा उडिसकेको छु, यत्तिको त मेरा लागि सामान्य हो भन्ने अहम्ताले पनि दुर्घटना बढाईरहेको छ । ‘मै जान्ने, मै सर्वेसर्वा हुँ भन्ने भावनाले पनि हवाई दुर्घटना बढिरहेको छ’ अमात्य भन्नुहुन्छ ।
वायु सेवा सञ्चालक कम्पनीहरुको प्रतिस्पर्धाका कारण पनि हवाई दुर्घटना बढिरहेको अमात्यको भनाई छ । ‘एउटा एयरलाइन्सको विमानले उडान नगरे अर्को विमानले उडान भर्छ, त्यो विमानले नभरे मेरो विमानले भर्छ भन्ने खालको हवाई सेवा सञ्चालक र पाइलटको प्रतिस्पर्धाबाट पनि हवाई दुर्घटना हुन्छ’ परामर्शदाता अमात्यले भन्नुभयो ।
पाइलट मानन्धर अनुभवी हुनुहुन्थ्यो –अमात्य
३६ बर्षसम्म नेपाल एयरलाइन्समा आन्तरिक तथा बोइङ विमान उडाएका अमात्य र पाइलट रोशन मानन्धर बीच हालको नेपाल वायु सेवा निगममै भेट भएको थियो । परामर्शदाता अमात्यले केही दिन अघि मात्र मानन्धरलाई भेटी हवाई सुरक्षाको बारेमा कुराकानी गर्नुभएको थियो ।
‘शुरुमा नेपाल एयरलाइन्समा देखेको थिएँ हामीले सँगै उड्न चाहिँ पाएनौं, बट ही इज अ भेरी गुड पाइलट, भेरी प्रोफिसेन्ट ।’ अमात्य भन्नुुहुन्छ ‘पछिल्लो पटक चेक गर्दा ५८ वर्षे क्याप्टेन मानन्धर विशेष अनुभवी र सक्षम हुनुहुन्थो ।’ जोमसोममा झनै जोखिम नेपालका धेरै विमानस्थल जोखिमपूर्ण मानिन्छन् । र जोमसोम विमानस्थल पनि जोखिमपूर्णमा नै पर्छ । पहाडै पहाडले घेरिएको खोच पार गरेर मुस्ताङको जोमसोम विमानस्थल पुगिन्छ ।
हाल नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा शाखामा परामर्शदाताको रुपमा कार्यरत डिएम अमात्यका अनुसार पोखराबाट २० देखि २२ मिनेटको दुरीमा रहेको जोमसोमको मौसम छिटो छिटो बदलिन्छ । हावाहुरी चलिरहने भएकाले बिचमै उडान रद्द गर्नुपर्ने अवस्था पनि आउँछ । अन्य पहाडी जिल्लाका विमानस्थलको भन्दा जोमसोमको धावन मार्ग छोटो पनि छ । ‘पहाडी भेग, हावा सधैंभर चलिरहन्छ र विमान हल्लाइरहन्छ, अझ १२ बजेपछि त बेगसँग हावा चल्छ’ अमात्य भन्नुहुन्छ ‘कालीगण्डकीको तीरैमा रहेको यो विमानस्थलमा उडान गर्दा पाइलटले अलि बढी जोखिम लिनुपर्ने हुन्छ ।’



No comments